नेपाल अफ्रिका फिल्म महोत्सव तयारी

काठमाडौं । ११औं संस्करणको नेपाल अफ्रिका–फिल्म फेस्टिबल आगामी १ देखि ३ असारसम्म काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा हुन लागेको महोत्सवका लागि २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएका छन् । नेपालबाट महोत्सवमा सहभागी हुन जेठ दोस्रो सातासम्म समय तोकिएको छ ।

निर्णायक समूहबाट चलचित्र हेर्ने काम भइरहेको महोत्सव अध्यक्ष तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन अध्यक्ष डा. मञ्जु मिश्रले बताइन्् । उनका अनुसार महोत्सवका लागि विगतझैं बढीमा २५ फिल्म चयन गरिने छन् ।

मिश्रका अनुसार नेपाली र अफ्रिकन फिल्म महोत्सवमा प्रदर्शन गरिने छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिकामाथि बनेका अन्य मुलुकका फिल्मा चयन गरिने उनले बताइन् । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुका फिल्म पनि महोत्सवमा चयन भएको उनले प्रस्ट पारिन् ।

महोत्सवका लागि नाइजेरिया, बुर्किना फासो, इजिप्ट, ट्युनिसिया, संयुक्त राज्य अमेरिका, बेलायत, घाना, सोमालिया, साउथ अफ्रिका, बेनिन, कंगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्कोलगायत मुलुकका फिल्म प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट फिचर तथा सर्ट फिल्म, डक्युमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुने छन् ।

महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार चलचित्र, लघु चलचित्र, वृत्तचित्र, एनिमेसन, कार्टुन फिल्म समावेश गराइने छन् । ‘नेपाल खण्ड’ र विद्यार्थी सिनेमा प्रतिस्पर्धा गरी दुई क्याटगोरी छन् ।

त्यस्तै, नेपाली खण्डअन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता–अभिनेत्री, छायाकार, सम्पादक, लेखक विधाबीच प्रतिस्पर्धा हुने छन् ।

नेपाली सिनेमामै विद्यार्थी खण्डअन्तर्गत ‘उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म’ र ‘उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्ड’का लागि प्रतिस्पर्धा हुने छन् ।

महोत्सवमा विगतझैं सांस्कृतिक झाँकी, नेपाल र अफ्रिकी अन्तक्र्रिया, नेपालमा सर्ट फिल्म किन व्यबसायिक हुन सेकनन् ? लगायत विषयमा छलफल हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा मत गणना सुरू