रौतहट । समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने मूल नाराका चलाइएको भर्ना अभियान कार्यक्रमले रौतहटको सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–२ महेन्द्र मावि रैयाटोले चलाएको भर्ना अभियानबाट करिब २ सय बढी विद्यार्थी बढेको पाइएको छ ।
विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार सारभूत रूपमा कार्यान्वय गर्न चलाइएको भर्ना अभियनबाट कक्षा १ देखि ८ सम्म विद्यार्थीको संख्या बढेको सो विद्यालयकी प्रधानाध्यापक कमला थापाले जानकारी दिइन् ।
पहिलेको तुलनामा भर्ना अभियानबाट धेरै विद्यार्थी बढेको प्रअ थापाले जानकारी दिइन् । विद्यालयमा भौतिक पूर्वाधारको विकासका साथसाथै विषयगत रूपमा तथा अन्य क्षेत्रमा पनि दक्ष शिक्षक भएको कारण पनि महेन्द्र मावि रैयाटोलमा विद्यार्थी बढेको प्रअ थापाको दाबी छ । सो विद्यालयमा जरुवादेखि पूmलबारी, पौराइका विद्यार्थी अध्ययन गर्न आउने गरेको प्रअ थापाको भनाइ रहेको छ । भर्ना अभियान प्रभावकारी रूपमा चलाएको प्रतिफल नै विद्यार्थीको आगमन रहेको प्रअ थापाको धारणा छ ।
अहिले सो विद्यालयमा अध्यापन गराउने शिक्षकलाई कक्षाकोठामा पाठ योजना र शैक्षिक समाग्री लिएर मात्रै पस्न दिने गरेको उनले बताइन् ।
विद्यालयको भौतिक पूर्वाधारका साथसाथै शिक्षाको गुणस्तरमा पनि आपूmले उत्तिकै चासो दिएर हिँडेको कारण विद्यालयमा भर्ना दर बढेको प्रअ थापाको भनाइ रहँदै आएको छ । सो विद्यालयमा प्रायः निजी छाडेका विद्यार्थीले भर्ना गरिहेको उनले बताइन् ।
नेपाल सरकारले तोकेबमोजिमको बालकक्षादेखि कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्थाको प्रभावले पनि ससाना विद्यार्थी बढेको उनी बताउँछिन् । चन्द्रपुर नगरपालिका, प्रदेश सरकार तथा संघीय सरकारको अनुदानमा भवन निर्माण, पुस्तकालयको व्यवस्था, विद्यालयको कम्पाउन्ड बालनिर्माण, सुविधासम्पन्न विभिन्न मैत्रीपूर्ण शौचालय निर्माण, शुद्ध खानेपानीको व्यवस्था, हरेक कोठाकोठामा पंखा, बालकक्षाका लागि शैक्षिक सामग्रीको व्यवस्थालगायतका काम भएको प्रअ थापाले जानकारी दिइन् ।
भर्ना अभियानले चन्द्रपुर नगरपालिकाको अन्य सामुदायिक विद्यालयमा पनि विद्यार्थीको संख्या बढेको पाइएको छ । भर्ना अभियान प्रभावकारी ढंगबाट सञ्चालन गर्न आपूmले निर्देशन दिएको र सो भएनभएको आपूmले समेत छड्के निरीक्षण गर्ने गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेले बताए ।