आयआर्जन गर्दै मुसहर समुदाय

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–७ चिताइनका २६ मुसहर घरपरिवारलाई चौपाया वितरण गरिएको छ । पशुपालनमार्फत आयआर्जन गरेर जीविकोपार्जन गर्ने उद्देश्यले साप नेपाल नामक गैरसरकारी संस्थाले २६ घरपरिवारमध्ये १० परिवारलाई पाडी र १६ परिवारलाई बाख्रा, पाठीका साथै मौसमी तरकारी फर्सी, लौका, काक्रों, बोडी, करेला, घिरौला, भिन्डीको बीउ वितरण गरिएको जनाएको छ ।

संस्थाले समूहलाई कुल २ लाख ९० हजार रकम उपलब्ध गराएको थियो । उनीहरू आफैंले बजारबाट बाख्रा तथा पाडी किनेर ल्याएका थिए । डेड वर्ष अघिसम्म वर्षमा ६ महिना (मंसिरदेखि वैशाख)सम्म सुनसान र चकमन्न रहने गरेको हरिपुर–७ चिताइनको मुसहर बस्तीमा अहिले १२ महिना नै चहलपहल छ । यहाँका महिला गाउँमै बसेर आयाआर्जन गरेर बालबालिकालाई विद्यालयमा पठाउन थालेका छन् ।

लक्ष्मीनाथ निमाविका प्रअ चेतनारण धामीले मुसहरी टोलमा यसपालि थुप्रै पाडी र बाख्राका पाठापाठी देखेर छक्क परेको बताए । विगतमा मुसहर समुदायबाट बालबालिका विद्यायालय नआउने गरेको स्मरण गर्दै यसपालि ४१ जना बालबालिका विद्यालय भर्ना भएको जानकारी दिए । हरिपुर नगरपालिकाका मेयर गोपाल पजिंयारले मुसहर समुदायको आय आर्जनका लागि नगरपालिकाले आगामी दिनमा पशुपालन, तरकारी खेती गर्न बजेट विनियोजन गर्ने बताए ।

आगामी वर्षमा अव्यवस्थित बसोबासलाई जग्गा दिलाउने प्रतिबद्धतासमेत नगरप्रमुख पजियारले गरे । मुसहर महिला सशक्तीकरण मञ्चकी अध्यक्ष उर्मिलादेवी माझीले आफूहरूले नपढेको कारण धरै दुःख पाएको भन्दै छोराछोरीले भविष्यमा दुःख नपाऊन् भनेर विद्यालय पठाउन तयार भएको बताइन् ।

उनले आपूmहरू कामका लागि इँटाभट्टामा नगएर गाउँमै आयआर्जन गर्ने योजना बनाएको माझीले बताइन् । विगतमा यो समुदाय बिहान बेलुकाको छाक टार्नकै लागि परिवारका सबै सदस्य दैनिक ज्याला मजदुरी गर्न इँटाभट्टामा जाने गरेका थिए ।

नगरिकता, जन्म दर्ता नभएको कारण सरकारले दिने सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले विगत एक वर्षदेखि साप नेपालले जन्मदर्ता र विद्यालय भर्ना अभियान चलाउँदै आएको छ । स्थानीयस्तरमा नै रोजगारीको अवसर सिर्जना गरेर आय आर्जन गर्ने उद्देश्यले पशुचौपाया र तरकारीको बीउवितरण गरेको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक