धौलागिरी हिमालमा भेटियो सात महिना पछि लामाको शव

म्याग्दी । विगत ७ महिनादेखि बेपत्ता भएकाको शव धौलागिरि हिमालमा  फेला परेको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिका –४ स्थित धौलागिरीमा ७ महिना पुरानो शव फेला परेको हो । सो फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ का २७ वर्षीय देव लामामा रहेको पुष्टी भएको छ ।

नेपाली सेनाका दुईजना र लामाका आफन्त एकजनासहित  इन्द्रसिंह शेरचनसहितको टोलीले उक्त शव फेला पारेको हो । उनीहरुले पाँचहजार मिटर उचाईमा रहेको फ्रेन्च पास आधार शिविरमा सो शव फेला पारेका थिए ।

फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत् विदेशी पर्यटक लिएर गत असोज २० गते  धौलागिरि आधार शिविर पुगेका लामा अचानक आएको हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।
 

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित