‘तै मायाको’मा सुनिल र एलिशाको रोमान्स

काठमाडौं । गायक प्रदीप कार्कीको स्वर रहेको तै मायाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्की हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् ।

गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार सार्वजनिक गीतमा दीपकको शब्द तथा  संगीत रहेको छ ।  जसमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ । डान्सिङशैलीमा तयार छमछम नचाउने सार्वजनिक गीतले एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाएको छ ।  

मोडल सुनिल क्षेत्रीको अभिनय रहेको तै मायाको निर्देशन पनि उनले नै गरेका हुन् । जसमा अभिनयमा सुनिललाई मोडल एलिशा शर्माले साथ दिएकी छिन् । दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु सार्वजनिक भइसकेका छन् । उनको आविश्कार नामक एल्बमले राम्रो चर्चा कमाएको थियो । सार्वजनिक गीतको भिडियो गायक कार्कीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने