ध्यान भंग गरेर फर्किए अमिर

काठमाडौं । १० दिनसम्म मौन ध्यान गर्ने योजनासहित गत आइतबार नेपाल आएका बलिउड अभिनेता अमिर खान पाँच दिनमै ध्यान भंग गरेर स्वदेश फर्केका छन् । उनी इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् ।

पाँच दिनसम्म पूर्णरूपमा मौन ध्यान गरेका आमिरले शुक्रबार बिहान काठमाडौं बूढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रबाट बिदा लिएका हुन् । बाँकी पाँच दिनको ध्यान उनले आफ्नो देशमा गर्ने जनाइएको छ ।

गत आइतबार काठमाडौं आएका उनी सोही बेलुकाबाट मौन ध्यानमा जोडिएका थिए । नियमअनुसार साँझ एक छाक मात्र खाएर पाँच दिनसम्म मौन बस्न सफल आमिरले शुक्रबार बिहान ध्यान तोडेको केन्द्रले जनाएको छ ।

विशेष कामले गर्दा उनले बीचमै ध्यान छाडेर मुम्बई फर्कनुपरेको बताइएको छ । तर, त्यस’bout आमिरले कुनै खुलासा गरेका छैनन् ।

दोस्रो पत्नीसँग पनि सम्बन्ध बिच्छेद भएपछि एक्लो भएका अमिर मानसिक तनावमा रहेको बताइएको छ । उनका पछिल्ला फिल्मसमेत एकपछि अर्को गर्दै व्यावसायिकरूपमा असफल भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 388 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको तयारी तीव्र