‘बागमति गट् ट्यालेन्ट’ हुँदै

काठमाडौं । बाग्मती प्रदेशका गायन तथा नृत्य प्रतिभालक्षित ‘बाग्मती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालिटी सो’ हुने भएको छ ।

एएनपी मिडिया हाउसले गर्न लागेको सोका लागि धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौंमा चरणबद्ध रूपमा ‘अडिसन’ लिइने भएको छ ।

विभिन्न ९ स्थानको अडिसनबाट चुनिएका प्रतिभालाई काठमाडौंमा ल्याएर ‘डिजिटल अडिसन’ गरिनेछ भने त्यसबाट चुनिएकालाई सोमा सहभागी गराइनेछ । सोको अन्तिम स्पर्धाबाट गायन र नृत्य विधामा विजयीलाई जनही नगद १ लाख रुपियाँ तथा फस्र्ट रनर्सअपलाई ३० हजार र सेकेन्ड रनर्सअपलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ ।

आयोजक लबबहादुर कार्कीका अनुसार सोमा ८ देखि १३ वर्षका प्रतिभालाई सहभागी गराइनेछ । सहरकेन्द्रित ‘रियालीटी सो’ भइरहेको समय गाउँगाउँका अवसरबिहीन प्रतिभालाई अवसर र मञ्च प्रदान गर्नका लागि सो गरिन लागिएको कार्की बताउँछन् ।

पहिलो चरणमा बाग्मती प्रदेशमा सो गरिसकेपछि चरणबद्ध रूपमा बाँकी ६ प्रदेशका प्रतिभाका लागि सो गर्ने योजना बनाइएको छ ।

‘बाग्मती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी सो’को नृत्यतर्फ मिथिला शर्मा र गौरी मल्ल, गायनतिर आनन्द कार्की र देविका वन्दना निर्णायक छन् ।

अभिनेत्री शर्माले यो सो गायन र नृत्य क्षेत्रका लागि नयाँ आयाम हुने विश्वास व्यक्त गर्छिन् भने मल्लले यसबाट देशले नवप्रतिभा पाउने सुनाइन् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहकाे निर्वाचन क्षेत्रमा एमाले विजयी