नेपालको जीडीपीमा बाग्मतीको योगदान बढी, सबैभन्दा कम सुदूरपश्चिमको

काठमाडौं । चालू आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान बाग्मती प्रदेशको हुने भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको हुने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले यस वर्ष नेपालको कुल गार्हस्थ उत्पादन करिब ५३ खर्व ८१ अर्ब हुने अनुमान गरिएको छ । जसमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशको योगदान ३६ दशमलव ८ प्रतिशत हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।

कार्यालयका अनुसार बाग्मती प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब १९ खर्ब ८१ अर्ब हुने अनुमान छ । सबैभन्दा कम ४ दशमलव १ प्रतिशतको योगदान कर्णाली प्रदेशको हुने अनुमान गरिएको छ । उपभोक्ताको मूल्यमा करिब २ खर्ब २१ अर्बको हाराहारीमा हुने अनुमान कार्यालयको रहेको छ । बाग्मती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशमा क्रमशः कोसी, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम पर्छन् ।

कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर चालू आवमा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १.८६ प्रतिशत अनुमान गरिएकोमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.३ प्रतिशत र बाग्मती प्रदेशको वृद्धिदर सबैभन्दा कम १.४ प्रतिशत रहने अनुमान गरिएको छ । संशोधित अनुमानअनुसार गत आवमा गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत देखियो भने मधेस प्रदेशमा सबैभन्दा कम दर ४.६ प्रतिशत रहने देखिएको थियो ।

औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आव र चालू आवमा बाग्मती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ भने बाग्मती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ । यसो हुनुमा बाग्मती प्रदेशमा बढ्दो सहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबार आदि हुन् ।

त्यसैगरी, राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र कोसी, मधेस र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामै कायम रहेको छ भने बाग्मती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ । यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो रहेको देखिन्छ । बाग्मती र मधेस प्रदेशबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिएको छ ।

कोसी प्रदेशको योगदान ८ खर्ब ४९ अर्ब हुने
चालू आवमा कोसी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ८ खर्ब ४९ अर्ब हुने अनुमान गरिएको छ भने गत आवको संशोधित अनुमान करिब ७ खर्ब ८० अर्ब रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ ।

यसैगरी, गत आव मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.४७ प्रतिशत थियो भने यस आवमा संकुचन आई २.० प्रतिशत मात्र कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३३.२ प्रतिशत कृषि क्षेत्रको (यहाँ कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्येपालनसमेतलाई जनाउँछ) रहनेछ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहनेछ ।

मधेस प्रदेशको योगदान ७ खर्ब ७ अर्ब हुने
चालू आवमा मधेस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ७ अर्ब हुने अनुमान गरिएको छ भने गत आवको संशोधित अनुमान करिब ६ खर्ब ५० अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत १३.१ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ ।

यसैगरी, गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ४.६३ प्रतिशत थियो भने यस आवमा संकुचन आई १.६९ प्रतिशत मात्र कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३५.२ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत खानी तथा उत्खनन क्षेत्रको रहेको छ ।

बाग्मती प्रदेशको योगदान १८ खर्ब १९ अर्ब हुने
चालू आवमा बाग्मती प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब १९ खर्ब ८१ अर्ब हुने अनुमान गरिएको छ भने गत आवको संशोधित अनुमान करिब १८ खर्ब १९ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ३७.९५ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा ३६.८६ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ ।

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ६.३० प्रतिशत थियो भने यस आवमा संकुचन आई १.४४ प्रतिशत कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २३.६ प्रतिशत व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलाप क्षेत्रको रहेको छ ।

गण्डकीको योगदान ४ खर्ब ८२ अर्ब हुने
गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ४ खर्ब ८२ अर्ब हुने अनुमान गरिएको छ भने गत आवको संशोधित अनुमान करिब ४ खर्ब ३७ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ८.९ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा ९.० प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ ।

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ६.३५ प्रतिशत थियो भने यस आवमा संकुचन आई ३.२६ प्रतिशत मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २५.९ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

लुम्बिनीको योगदान ७ खर्ब ६२ अर्ब हुने
लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ६२ अर्ब हुने अनुमान गरिएको छ भने गत आवका संशोधित अनुमान करिब ६ खर्ब ९७ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा १४.२ प्रतिशत योगदान पु¥याउने अनुमान छ ।

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.०३ प्रतिशत थियो भने यस आवमा संकुचन आई २.०६ प्रतिशत मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २९.८ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

कर्णालीको योगदान सबैभन्दा कम
कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब २ खर्ब २१ अर्ब हुने अनुमान छ गरिएको छ भने गत आवको संशोधित अनुमान करिब २ खर्ब १ अर्ब रुपैयाँ रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत ४.१ प्रतिशत योगदान पु¥याउने अनुमान छ ।

यसैगरी, गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.३२ प्रतिशत थियो भने यस आवमा संकुचन आई १.९१ प्रतिशत कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३०.८ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

सुदूरपश्चिमले ३ खर्ब ७६ अर्ब योगदान दिने
सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ३ खर्ब ७६ अर्ब हुने अनुमान गरिएको छ भने गत आवको संशोधित अनुमान करिब ३ खर्ब ४५ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७.० प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत ७.० प्रतिशत योगदान पु¥याउने अनुमान छ ।

यसैगरी, गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.७८ प्रतिशत थियो भने यस आवमा संकुचन आई १.७८ प्रतिशत कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३३.४ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
पोखरामा नयाँ समीकरणः उपमेयरमा एमालेकी गुरुङको अग्रता बढ्यो