तुम्लिङटारमा ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाज

संखुवासभा । संखुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटीआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ । सो विमानस्थलमा पहिलोपटक मंगलबार बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको हो ।

तुम्लिङटार विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटीआर ७२ सिटको जहाजले मंगलबारदेखि दैनिक रूपमा काठमाडौं–तुम्लिङटार–काठमाडौं उडान भर्न थालेको नागरिक उड्ययन कार्यालय तुम्लिङटारले जनाएको छ ।

२०२८ सालमा स्थापना भएको हिमाली जिल्ला तुम्लिङटार विमानस्थलमा ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाजले उडान थालेको हो । बुद्ध एयरले मंगलबार तुम्लिङटार विमानस्थलमा उडानका लागि परीक्षण उडान गरेको थियो ।

बुद्ध एयरको ७२ सिटको जहाजले उडान भर्न थालेपछि बिरामी र वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन् ।

पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्वाध उडान भइरहेको विमानस्थल हो । तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भिडभाड हुने गर्छ । सो विमानस्थलमा यात्रुको चाप बढेपछि ७२ सिटे एटीआर जहाजबाट सेवा विस्तार थालिएको बुद्ध एयर तुम्लिङटारका स्टेसन म्यानेजर राम लुइँटेलले बताए ।

विश्वकै पाँचौं अग्गो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण जहाजको टिकट पाउन समस्या हुँदै आएको छ ।

तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ १ हजार ४ सय २० मिटर रहेको छ । ७२ सिटे जहाजबाट सो विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्