अनेरास्ववियूले गरायाे नक्कली भुटानी शरणार्थीवारे ध्यानाकर्षण

बारा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियनले नक्कली भुटानी शरणार्थी’bout प्रशासनकाे ध्यानाकर्षण गराएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्रीलाई अनेरास्ववियूले नक्कली भुटानी शरणार्थी’bout ध्यानाकर्षण गराएको हो ।

अनेरास्ववियूको जिल्ला अध्यक्ष मुकेशप्रसाद कुशवाहाले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । कुशवाहाले विगतमा भइरहेको भ्रष्टाचार जन्य विभिन्न काण्डको विरोध प्रदर्शन गर्ने तथा दबाव सृजना गर्ने केन्द्रीय कार्यक्रमको एक्यवद्वता जनाउदै जिल्ला प्रशासन कार्यालयबाट ध्यानाकर्षण गराएको बताए ।

अपराधीहरूको कुनै जात, धर्म, लिङ्ग, भुगोल वर्ग र संगठन हुनु हुदैन भन्ने भावनाबाट प्रेरित भई त्यस्तोलाई कानुनी कठघरामा ल्याउनमा उनले जोड दिएका थिए । नक्कली भुटानी शरनार्थी बनाई बेचबिखन गरेका आपराधिक मानसिकता भएका जो सुकैलाई सत्यतथ्य छानविन गरि कानुनी कठघरामा ल्याई कारवाही गराउन जिप्रका मार्फत प्रधानमन्त्री पुष्प कमल दाहाललाई ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका युव नेता इमरान आलम लगायत बिचार्थी नेताहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
९० हजार मत गन्दा केशव भन्दा बालेन १५ हजार मतले अगाडी