कालिकोटको रास्कोट नगरपालिका–७ पोखरीकोटमा चिटिक्क परेका नयाँ घर ठडिएको छ । एकै खालका झ्याल ढोका, एउटै रङ र एउटै आकारका घर । टाढाबाट हेर्दा चिटिक्क देखिन्छ । पहिरोका कारण आपूm बसिरहेको ठाउँ बस्न अयोग्य भएपछि कर्णाली सरकारको पहलमा स्थानीयका लागि पोखरीकोटमा एकीकृत बस्ती निर्माण भएको छ । जहाँ घर निर्माणमा कर्णाली सरकारले ४ लाख अनुदान दिएको छ भने बाँकी ४ लाख जसको घर हो उसैले लगानी गरेका छन् । लगभग ७३ परिवारका लागि घर निर्माण सकिएको छ । तीमध्ये १६ वटा घरमा मात्रै मान्छे बसेका छन् बाँकी घरमा ताला लागेको छ ।
२०७२ सालमा भूकम्पपछि नेपालमा नमुनाबस्ती निर्माण सुरु भएको हो । भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर निर्माणका लागि एउटा मापदण्ड बनाइदियो । त्यसपछि निर्माण भएका घर सोही मापदण्डअनुरूप निर्माण भएको छ जुन भूकम्प प्रतिरोधी पनि छ । प्राधिकरणले घर निर्माणका लागि मापदण्ड त बनायो तर हाम्रो चालचलन र थिति’bout अध्ययन गरेन । अर्को अचम्म लाग्दो काभ्रे, दोलखा, धादिङ, कालिकोट, रौतहट, बारालगायत जति जिल्लामा घर निर्माण भएका छन् लगभग एउटै प्रकृतिका छन् । घर, निर्माण गरिरहँदा नेपालीहरूको परम्परा र संस्कारलाई पनि ध्यान दिएको भए बस्तीहरूमा मान्छेविहीन हुने थिएनन् । निर्वाहमुखी अर्थतन्त्रमा रमाइरहेका नेपालीको जीवनशैली अलि फरक छ । गाउँठाउँका मान्छेलाई घर मात्रै भएर पुग्दैन । दुई चारवटा बाख्रा, एउटा गाई वा भैंसी, थोरै कुखुरा पाल्ने गोठ पनि घरछेउमै चाहिन्छ । आफ्नै बारीमा उत्पादन भएको अन्न, घरमा पालेका वस्तु भाउका लागि आवश्यक पर्ने घाँस, पराल राख्ने ठाउँ पनि घरछेउमा चाहिन्छ । गाउँमा खेती किसानी गर्दै आएकाहरूका लागि यी न्यूनतम आवश्यकता हुन् तर नमुनाबस्तीमा यी चिज निषेधजस्तै छ । जब आपूmलाई नभई नहुने कुराहरू पाउँदैन त्यस्तो ठाउँमा मान्छे रमाउन सक्दैन । नमुनाबस्तीमा निर्माण भएका बहुसंख्यक घरमा ताला लाग्नुको मूल कारण यही नै हो ।
समय र प्रविधिअनुसार मान्छे मात्रै होइन चाल चलन पनि परिवर्तन हुँदै जान्छन् । जहाँ जहाँ नमुनाबस्ती बनेका छन् प्रत्येक घरमा जोडेर गोठ, कुखुराको खोर बनाउनैपर्छ भन्ने होइन । घरछेउमै गोठ वा खोर फोहोर हुनुको साथै संक्रमणको खतरा पनि हुन्छ । तसर्थ, घरहरू मात्रै बनाउनु आफैंमा नराम्रो होइन । जति परिवारका लागि घर बनेका छ त्यति नै परिवारका लागि घरभन्दा केही पर भए पनि गाइवस्तुका लागि गोठ बनाउने ठाउँ भने बनाउनैपर्छ । जब सर्वसाधारणको जनजीविका नै गाईवस्तु, कुखुरा, बाख्रा स्याहारेर चलेको छ भने त्यसलाई निषेध गरेर जनजीवन अघि बढ्न सक्दैन । बस्तीछेउमा विद्यालय र स्वास्थ्य चौकी, बस्तीभित्र खानेपानी, बिजुली बत्ती न्यूनतम आवश्यकता हुन् । यी कुनै पनि कुरा छैन भने बस्ती बस्ती जस्तो हुन्न ।