Friday, April 23, 2021
Home Exclusive ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक रु १० हजार दिइने

ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक रु १० हजार दिइने

,

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ ।

विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका करिब एक हजार ५०० ज्येष्ठ नागरिकलाई उक्त राहत दिने तयारी गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले रासससँग कुरा गर्दै भन्नुभयो, “ज्येष्ठ नागरिकको रोगसँग लड्न प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ, उनीहरुलाई राम्रो खानपानका लागि राहतस्वरुप मासिक रु १० हजार दिने तयारी गरेको हो ।” मन्त्रालयको उक्त प्रस्तावलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पास गरेपछि काम अघि बढ्ने छ ।

मन्त्रालयले उक्त भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि पशुपति वृद्धा आश्रम, खगेन्द्र नवजीवन केन्द्र, मङ्गला सहाना पुनःस्थापना केन्द्रलागयत ठाउँमा र अपाङ्गता भएका व्यक्ति र अनाथलयमा सेनीसाइटार, मास्क, साबुनलगायत सुरक्षासँग सम्बन्धित सामग्री वितरण आवश्यक व्यवस्था मिलाएको छ ।

“रोगसँग लड्ने क्षमता ज्येष्ठ नागरिकमा कम हुन्छ, अपाङ्गता भएका व्यक्ति, सुत्केरीलाई विशेष व्यवस्था गर्न विशेष मन्त्रालयले आह्वान गरेको छ”, मन्त्री गुरुङले भन्नुभयो, “सम्वेदनशील व्यक्तिलाई घरमा पनि छुटै कोठामा राख्न आग्रह गर्छु, बाहिरबाट गएका व्यक्तिको सम्पमै नआउन र सरसफाइ ध्यान दिन आग्रह गर्छु ।” मन्त्रालयका उपसचित भरतराज शर्माका अनुसार देशभरिको वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकलाई तीन महिनाको राहत उपलब्ध गराउने तयारी भएको र सोही अनुपातमा अपाङ्गता भएका, बालगृहमा बसेका बालबालिका र मानव बेचबिखन परेकालाई राहत उपलब्ध गराउन तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

मन्त्रालयले महिला तथा बालबालिका विभागमार्फत कोरोना हेल्थ डेक्स सञ्चालन गरिहेको छ भने मन्त्रालयको मोबाइल टोलीले काठमाडौँ, भक्तपुर र ललितपुर सेवा दिइरहेको छ ।

(Visited 255 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

साताका लोकप्रिय समाचार

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

झलनाथ र नेम्वाङको जिल्लामा एमालेकोे समानान्तर कमिटी

इलाम । नेकपा एमालेको नेतृत्व तहमा खटपट भएसँगै झलनाथ खनाल र सुवास नेम्वाङको जिल्ला इलाममा पनि एमालेमा समानान्तर कमिटी गठन भएको छ । पार्टी...

कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै नेपालगन्ज

नेपालगन्ज । भारतमा दोस्रो चरणको कोरोना संक्रमण तीव्र रूपले फैलिएपछि त्यसको असर सीमावर्ती सहरमा पर्न सुरु भएको छ । पछिल्लो समय बाँकेमा अप्रत्याशित रूपमा...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

सरकार चलाउन कांग्रेसको अरुचि

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने...

ट्रेन्डिङ

भागरथी जब घरबाट हिँडिन्…

काठमाडौं । बैतडीको दोगडाकेदार ७ की १७ वर्षीय किशोरी भागिरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले...

वनका राजाको स्वास्थ्य चेकजाँच

दैलेख । दक्षिण एशियाको एकमात्र भ्रमणशिल राउटे समुदायमा स्वास्थ्य चेकजाँच गरिएको छ । गएको बुधवार दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका १५१ जनाको स्वास्थ्य...

नयाँ वर्ष शुरु : यस्ताे छ विक्रम संवतकाे मौलिकता

काठमाडाैं । आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन्...

नयाँ नक्सा र समस्या समाधानको प्रश्न

नेपाल–भारतको सीमामा देखिएका असहमतिलाई सम्मानजनक वार्ताका माध्यमबाट समाधान गर्ने भनिरहँदा भारतले कोरोनाको समस्या हल भएपछि गरौंला भनेको पनि महिनौं अघिको कुरा हो । चीन...

लोकसंवादमा राज्यको अनुहार

गौतम बुद्धले मूर्ख आफूले पनि जान्दैन, अरूलाई पनि मान्दैन, तर्क, शंका, उपहास गरी आफ्नो हातमाथि पार्छ, मूर्खको मूर्खता देखेर जब विद्वान् चुप लाग्दछ, तब...

कोरोनाविरुद्ध दक्षिण एसियाली रणनीतिक सहकार्य

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आबद्ध राष्ट्रले कोरोना भाइरसविरुद्ध लड्न साझा रणनीतिक साझेदारीको कोसेढुंगाका रूपमा आपतकालीन कोष निर्माण गर्ने सहमतिसहित गरेका भिडियो कन्फ्रेन्सले...

आजदेखी धरानमा पनि कोरोना भाईरसको परीक्षण हुने

मोरङ । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आइतबार (आज) देखि कोरोना भाइरस (कोभिड-१९) को परिक्षण हुने भएको छ...

धर्मले रोकेन यी अभिनेता र अभिनेत्रीको विवाह

मुम्बई । यतिबेला भारतको राजधानी दिल्लीमा साम्प्रदायिक दंगा फैलिरहेको छ । यो दंगालाई रोक्न र सहिष्णुताका लागि जताततैबाट पहल भइरहेको छ । यसैक्रममा...

कोरोना संक्रमित हलिउड कलाकार घर फर्किए

लस एन्जलस् । हलिउडका विश्व प्रख्यात अभिनेता टम ह्यांक्स र उनकी पति एवम् अभिनेत्री रिटा विल्सन स्वास्थ्य भएका छन् । दुई साता लामो अस्पतालको...

रोल्पामा बम बिस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पा । बम विस्फोट हुँदा रोल्पामा चार जना बालबालिकाको घटनास्थलमै ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ हलंगा नजिक मैतीकाटिना दुम्लाखोलानेर बेलुकी साढे ५...

रियल म्याड्रिड शीर्षस्थानमा

म्याड्रिड । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा उसले अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई २–० ले पराजित...

क्वारेन्टाइनमा सुधार गर

कोरोना संक्रमणको प्राथमिक रोकथामका लागि अपनाइएका सबै उपायलाई नाघेर संक्रमणको दर बढ्दै जान थालेपछि सबैलाई चिन्तित र भयभीत बनाएको छ । महामारी रोकथामको अग्रमोर्चामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)