कोभिड–१९ : विश्वभर करिब २५ हजार व्यक्तिको मृत्यु, पाँच लाख ५० हजारमा सङ्क्रमण पुष्टि

पेरिस । विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु इटलीमा आठ हजार २१५, स्पेनमा चार हजार ८५८, चीनमा तीन हजार २९२, इरानमा दुई हजार ३७८, फ्रान्समा एक हजार ६९६ र अमेरिकामा एक हजार ३०४ जनाको मृत्यु भएको छ । केही समयसम्म सङ्क्रमितको दर चीन तथा यूरोपेली मुलुकमा बढी रहँदै आएकोमा बिहीबारदेखि सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकामा देखिएको छ ।

अमेरिकामा ८५ हजार ७४९, चीनमा ८१ हजार ३४०, इटलीमा ८० हजार ५८९, स्पेनमा ६४ हजार ५९, जर्मनीमा ४७ हजार २७८, इरानमा ३२ हजार ३३२ र फ्रान्समा २९ हजार १५५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सम्बन्धित देशले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । एशिया चीन र इरानबाहेकका एशियाली मुलुकहरूमा सङ्क्रमणको बढी प्रभाव दक्षिण कोरिया र जापानमा रहेको छ ।

जापानमा एक हजार ३८७ जना सङ्क्रमित रहेकोमा ४७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा नौ हजार ३९१ व्यक्ति सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ । जापान र दक्षिण कोरियामा फेब्रुअरीको अन्त्यदेखि तथा मार्चको सुरूसम्ममा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको भएपनि पछिल्ला केही हप्ता सङ्क्रमण र मृत्युदरमा उल्लेख्य नियन्त्रण देखिएको छ ।

दक्षिण एशियाली मुलुकहरूमा पाकिस्तानमा सबैभन्दा बढी एक हजार २५२ जना कोभिड–१९का कारण सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ । भारतमा ७९९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

श्रीलङ्कामा १०६ व्यक्तिमा सङ्क्रमण, अफगानिस्तानमा ९४व्यक्तिमा सङ्क्रमण चारको मृत्यु, मालदिभ्समा १४ जनामा सङ्क्रमण र नेपाल र भूटानमा तीन/तीन जनामा सङ्क्रमण पुष्टिभएको छ । नेपालमा सङ्क्रमित तीन जनामध्ये एक जना निको भै घर फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु