नेपालीसँगै हिन्दीमा पनि परस्त्री रिलिज

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रलाई हिन्दी भाषामा भारतमा पनि रिलिज गर्ने क्रम बढेको छ । यसै क्रममा नेपाली सिनेमा ‘परस्त्री’ पनि हिन्दीमा रिलिज हुने भएको छ । यो चलचित्र नेपालीसँगै हिन्दी भाषामा पनि निर्माण भईरहेको निर्माता शर्मिला पाण्डेले बताएकी छिन् ।

यो चलचित्रमा कोसिस क्षत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय रहेको छ । छायाँकनपछि भारतको मुम्बईमा प्राविधिक कार्य भईरहेको यो चलचित्र आगामी १५ असारबाट नेपाल र भारतमा रिलिज हुने भएको छ ।

सिनेमा रहने तीन वटा हिन्दी भर्सनको गीतको रेकर्डिङ मुम्बईमा भईरहेको छ । त्यो तीनवटा गीत भारतीय गायक÷गायिकाले गाएको पनि निर्माता शर्मिलाले बताएकी छिन् । उनका अनुसार यो फिल्मको हिन्दी भर्सनको गीत अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले गाएका छन् । यी तिनैजना बलिउडमा लोकप्रिय पश्र्वगायक हुन् ।

‘यो चलचित्रको लागि कुनल गञ्जवालाको स्वरमा गीत यस अघि नै रेकर्ड भइसकेको छ भने अमित र सोनलको स्वरमा आज दुई गीत रेकर्ड गरेका छन् ।’ यो चलचित्रका निर्देशक सुरज पाण्डेले भने ।

उनका अनुसार यो चलचित्रको यी तीन वटा नेपाली गीतलाई भने केतन क्षेत्री र निकिथा थापाले गाएको पनि निर्देशक सुरजले बताएका छन् । चलचित्र परस्त्रीलाई दीपेन्द्र के खनालले लेखेका छन् । शर्मिला पाण्डेले निर्माण गरेको सिनेमा डीएस डिजिटलको प्रस्तुति रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)