गर्भवति महिला मृत्यु प्रकरणः तीन बुँदे सहमति, आन्दोलन रोकिएन

सिन्धुली । गर्भवती महिलाको मृत्युका विषयमा बुधबार तीनबुँदे सहमति भएको छ । अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पीडित पक्षबीच वार्तामा तीन बुँदे सहमति भएको हो । वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्न बाग्मति प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

समितिमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट तोकिएका चिकित्सक दुई जना, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि एक जना र पीडित पक्षबाट आमन्त्रित एक जना गरी चार सदस्यीय समिति गठन गर्न अनुरोध गर्ने निर्णय भएको छ । यस्तै आन्दोलन फिर्ता गर्ने, विपी राजमार्ग सुचारु गर्ने र अस्पतालका सेवा सुचारु गर्ने सहमति भएको छ ।

यस्तै अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधार, स्वास्थ्यकर्मीहरुको व्यवहार परिवर्तन गर्ने, मृतकको शव परिवारले बुझ्ने र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति गरिएको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पूर्व स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, पूर्व प्रदेश सभा सदस्य विनोद खड्का, वडा अध्यक्ष कर्ण घिसिङको रोहवरमा, मृतकको जेठाजु सोमबहादुर श्रेष्ठ, काका तुलबहादुर गुरुङ, अस्पताल विकास समितिका अध्यक्ष सतिश ढकाल र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड उमेश प्रधानबीच सहमति भएको हो ।

सहमति भएपछि पनि आन्दोलनकारीले आन्दोलनमा झनै चर्काएका छन । आन्दोलनका कारण अस्पताल र स्वास्थ्यकर्मी असुरक्षित हुने भएपछि शसस्त्र र जनपथ प्रहरीको दुई लाईन सुरक्षा खटाईएको छ । आन्दोलनकारीले ढुंगामुढा गरिरहेका छन । भिड नियन्त्रण हुन नसकेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ ।

कमलामाई नगरपालिका ५ सिलामेकी २६ वर्षकी गंगाकुमारी गुरुङ श्रेष्ठको प्रसुती गराउन सिन्धुली अस्पताल ल्याएको थियो । डाक्टरले प्रयोग गरेको सुइका कारण मृत्यु भएको पिडित पक्षको आरोप छ । अस्पतालमा श्रेष्ठको प्रसुती सम्भावना नभएपछि दिउँसो ३ बजे अस्पतालले रिफर गरेको थियो । विरामीलाई परिवारले महोत्तरीको बर्दिबासमा रहेको नीजि अस्पताल ट्रमा सेन्टरमा पठाएको थियो । पाँच बजे चेकजाँच हुँदा गर्भवती महिलाको मृत्यु भएको ट्रमा सेन्टरले घोषणा गरेपछि पीडित पक्षले सिन्धुली अस्पतालमा शव ल्याएर आन्दोलन सुरु गरेका थिए ।

मंगलबार रातीदेखि नै अस्पतालमा पीडित पक्षले आन्दोलन गरेपछि अस्पतालका सबै सेवा अवरुद्ध भएका छन । घटनाका विषयमा छानविन गर्न समिति गठन गर्ने सहमति पछि मृतकको शव बुझ्ने र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको मृतकका काका तुलबहादुर गुरुङले बताए ।

आक्रोशित भिडका कारण अस्पतालको इमरजेन्सी कक्ष, ओपिडि, औषधी पसल, क्यान्टिन, सामुदायिक आँखा अस्पाताल, विरामी भर्ना कक्ष, फोहोर व्यवस्थापन भवन, प्रसुति कक्ष लगाएतमा क्षती पुगेको छ ।

पीडित परिवार आन्दोलनमा छैनन : सिडियो
सिन्धुली अस्पतालमा सहमति पछि पनि आन्दोलन चर्किएका कारण जिल्लाको सुरक्षा क्षेत्र तनावमा छ । आन्दोलनको नेतृत्व कसले किन गरिरहेको छ पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताएकी छिन । आन्दोलनमा प्रहरीले भिड नियन्त्रणमा लिने प्रयास जारी राखेको छ । केहि व्यक्तिहरु घाईत छन तर को कति जना घाईते छन भन्ने एकीन हुन सकेको छैन ।

सहमतिमै आन्दोलन फिर्ता गराउन प्रशासनले अनुरोध गरिरहेको छ । आन्दोलन सहज तरिकाले फिर्ता नभएमा आन्दोलनकारीलाई गिरफ्तार गर्नुपर्ने अवस्था आउन सक्ने र आन्दोलनमा भएको घुसपैठको ’boutमा खुल्न सक्ने अनुमान छ । प्रजिअ नेपालका अनुसार पीडित परिवारले सहमति गरिसकेको र आन्दोलनमा नरहेको बताएकी छिन ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप