नवनियुक्त मन्त्रीलाई काँग्रेसीको शुभकामना

राजविराज । काँग्रेसले पार्टीबाट मधेश प्रदेश सरकारको मन्त्रीमण्डलमा सहभागि भएका मन्त्रिहरुले जनआकांक्षा अनुरुप काम गर्ने विश्वाससहित सफल कार्यकालको शुभकामना दिएको छ ।

नेपाली काँग्रेस सप्तरी २ नं. क्षेत्रीय समितिले बिहीबार आयोजना गरेको समितिको बैठक तथा शुभकामना र पार्टी सुदृढीकरण कार्यक्रममा सहभागिहरुले यस्तो विश्वाससहित शुभकामना दिएका छन् ।

मधेश प्रदेश सरकारमा हालै भएको मन्त्रिमण्डल पुर्नगठनमा काँग्रेसका तर्फबाट सभापति कृष्ण यादव र बिरेन्द्र सिंह सहभागि भएका छन् ।

“काँग्रेसबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्दै पुगेका यादव र सिंहले जनआकांक्षा अनुरुप काम गर्नेमा विश्वस्त छौं, कार्यक्रममा बोल्दै क्षेत्रिय सभापति महानन्द यादवले भने – यसका लागि यूवा मतदातालाई आकर्षित गर्न उद्योग, पर्यटन, कृषि, निर्माण, यातायात तथा सूचना प्रविधी लगायत क्षेत्रमा बेरोजगार युवालाई जोड्नु जरुरी छ ।”

अहिले विभिन्न क्षेत्रमा देखिएको समस्या हल गर्न असलशासन र दहे नेतृत्वको आवश्यकता रहेको भन्दै क्षेत्रिय सभापति यादवले पार्टीबाट प्रतिनिधित्व गर्दै प्रदेश सरकारमा पुगेका दुबै जनामा सो क्षमता भएको उल्लेख गरे ।

पार्टीको तिलाठी कोइलाडी गाउँपालिका कमिटिका अध्यक्ष अमिर नारायण झाले अहिले काँग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको चर्चा गर्दै यो उत्साहलाई अझ उचाईमा पु¥याउन क्षेत्रभरिका वडा, गाउँ र नगरमा संगठन सुदृढीकरण अभियान चलाउने निर्णय भएको बताए ।

महाधिवेशन प्रतिनिधि रामेश्वर यादवले पार्टीका स्थानिय नेता कार्यकर्तालाई टोल टोलमा संगठन निर्माण र बिस्तार गर्नुपर्ने बताउँदै विभिन्न वडामा भइरहेको विकास निर्माण कार्यको निगरानी तथा बजेट अपुग भएर अलपत्र परेका अत्यावश्यक योजनालाई पूर्णता दिन बजेटका लागि आवश्यक पहल गर्नु पर्नेमा जोड दिए ।

पार्टीबाट प्रदेश सरकारमा पुगेका नेताहरुले जनताको दुःख, सुखमा साथ दिने काम गरे आगामी निर्वाचनमा पार्टीलाई मधेशमा पहिलो शक्तिको रुपमा स्थापित गर्न सहज हुने जिल्ला सदस्य रामअवतार मण्डलको भनाई थियो ।

कार्यक्रममा क्षेत्रिय उपसभापति महेन्द्र यादव, पुनम कुमारी साह, लोकेन्द्र नायकलगायतले पनि बोल्दै निर्वाचनमा पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसकेपनि भविष्य राम्रो रहेको भन्दै पार्टीका तर्फबाट प्रदेश सरकारको मन्त्रिमण्डलमा पुगेका मन्त्रिद्वय यादव र सिंहको सफल कार्यकालको शुभकामना र बधाई दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पूर्व पत्रकार बाजुराको नगरप्रमुख र उपप्रमुख निर्वाचित