‘भाविको लेखान्त’

काठमाडौं । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिसिरियल ‘मेरी बास्सै’बाट हालसम्म धेरै कलाकार निकालिएका छन् । उनीहरुले पछिल्लो समय आ आफ्नै टेली फिल्महरु निर्माण गर्दै आएका छन् । मेरीबास्सैबाट निकालिएका घिरौंले अर्थात लेखान्त भुसाल र बैकुण्ठे अर्थात रमेश बुढामगरले सँयुक्त निर्देशनमा नयां सिरियल भावीको लेखान्त तयार गरेका छन् ।

मेरीबास्सैबाट निकालिएका अन्य कलाकारहरुलाई पनि आफुहरुले यो सृँखलामा समेट्दै जाने उनीहरुले बताएका छन् । बिहिबार एक समारोहबीच यी दुईले यो टेली सृँखलाको ट्रेलर रिलिज गरेका छन् । यो सृँखला अब यही आइृतबारबाट हरेक साता सुरुमा युट्युव च्यानल र त्यसपछि युट्युवसँगै टेलीभिजनबाट प्रशारण गर्ने बताएका छन् ।

यस सिरिजको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका हुन् । धादिङमा खिचिएको यस सिरिजको ८ भाग तयार गरिएको छ भने बाँकी भागको छायांकन बिस्तारै हुने उनीहरुले बताएका छन् ।

भविको लेखान्तका निर्माता तथा मुख्य कलाकार लेखान्त भुषालले आफुलाई मेरी बास्सै सिरियलबाट निकालेर यो नयाँ काम गर्ने अबसर दिएकोमा मिडिया हबलाई उनले धन्यबाद ज्ञापन गरे ।

सिरिजका निर्देशक सुरेन्द्र थापाले पछिल्लो समय भइरहेको सिरिजहरुको भिडमा आफुहरु पृथक भएर अघि बढ्ने र दर्शकको माया पाउने विश्वास राखे ।

मिडिया हबको मेरीबास्सै सहित विभिन्न टेलि सिरियलबाट हटाईएका कलाकारहरुले सो कार्यक्रममा बोल्दै अब आफुहरुले स्वतन्त्र रुपमा सिरियल बनाउँदै जाने बताए । उनले मिडिया हवले कलाकारहरुसँग सम्बन्ध राख्न नजानेको आरोप लगाए । उनले आफू पनि पछिल्लो समय दुईपटक पुनः जोडिएको तर निरन्तर काम गर्ने अवस्था नबनेको बताए ।
कार्यक्रममा दमन रुपाखेतीले भने,‘हामीले मेरीबास्सै मार्फत मिडिया हबलाई आर्थिक रुपमा धेरै सबल बनायौं तर हामीलाई नै मेरीबास्सैबाट निकालियो । अब आफ्नै लगानीमा सिरियल गर्ने तर मिडिया अबको कुनै पनि सिरियल तथा कार्यक्रममा काम नगर्ने घोषणा आजबाटै गर्दछु ।’ उनले सो कार्यक्रममा भने ।

मेरी बास्सैबाट छुट्टिएका बेगम नेपाली अर्थात भटभेट माईलाले पनि भाविको लेखान्तलाई शुभकामना दिँदै मेरी बास्सैबाट हटाईएपछि आफुहरुले ठुलो प्रगति गरेको बताए ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भाविको लेखान्तलाई शुभकामना दिँदै भने, ‘निर्मातासँग लिखिच सम्झौता गरेर काम गरेका कलाकारलाई टेली सृँखलाले पारिश्रमिक नदिएमा कलाकार संघमा उजुरी दिन हामी अनुरोध गर्छौं्र । सो पारिश्रमिक उठाउन अब संघले पहल गर्ने छ ।’

कलाकार इन्द्रदोङ लामाले हर्के हल्दार मार्फत आफुहरुले एउटा ब्रान्ड बनाएकाले अहिले आफ्नै सृँखला गर्दा फाईदा हुने सुझाब भाविको लेखान्त टिमलाई दिए ।

आफु जस्तै मेरी बास्सैबाट लेखान्त र रमेश पनि निकालिएकोमा मेरी बास्सैकी मैयाँ अर्थात सुनिता गौतमले त्यतिबेला दुःख लागेको स्मरण गरिन् । तर अहिले यी दुईले आफ्नै नयाँ टेलि सृँखला ल्याउँदा आफु धेरै नै खुसी भएको पनि उनले बताईन् । सो सृँखलामा आफु पनि जोडिन तयार भएको उनले बताईन् ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)