‘मिश्रित निर्वाचन प्रणालीका कारण संवैधानिक संकट’

काठमाडौं । प्रतिनिधिसभा सदस्य देवी भट्टचनले मिश्रित निर्वाचन प्रणालीका कारण ढिलोचाँडो संवैधानिक संकट आउन सक्ने बताएका छन् । उनले २०८४ सालमा हुने प्रतिनिधिसभा निर्वाचनअगावै यसलाई पुनर्विचार गर्नुपर्ने धारणासमेत व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रमका विषयमा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् । उनले राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा सरकारका तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रम विषयमा आफ्नो धारणा राख्दै उनले गोदावरीबाट बूढानीलकण्ठ र थानकोटबाट भक्तपुर मेट्रोरेललाई नयाँ आर्थिक वर्षको बजेटमा समेट्न माग गरे ।

प्रतिनिधिसभा सदस्य भट्टचनले थानकोट–चित्लाङ सुरुङ मार्गको व्यवस्थालाई निरन्तरता दिएमा काठमाडौंको जनसंख्याको चाप कम हुने पनि बताए । उनले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बागलुङको ढोरपाटन, डोल्पाको सेफोक्सुन्डो, मुगुको रारा तालमा होटल व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । उनले चित्लाङको इन्द्रसरोवरमा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा जोड दिए ।
उनले पहाडी क्षेत्रमा हुने आकस्मिक हेलिकोेप्टर उडान समयसापेक्ष नभएको बताउँदै त्यसलाई सुधार गरेर जनतालाई राहत दिनुपर्ने बताए । प्रतिनिधिसभा सदस्य भट्टचनले नीति तथा कार्यक्रमलाई हावादारी नभन्न पनि सांसदहरूलाई सुझाए ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने