बाँदर नियन्त्रणको माग राख्दै धादिङका किसान आन्दोलित

धादिङ । खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाश बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन् ।

समाजसेवी नबराज दुवाडीकाे नेतृत्वमा शुक्रबार स्थानिय किसानले बाँदरले नष्ट पारेको मकैको बोटसहित सदरमुकाम धादिङवेसीमा प्रदर्शन गरेका छन्

धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी आसपासका किसान मकैको बोटको माला बनाएर घाँटीमा झुण्डाउँदै प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले कृषि मन्त्रीको राजीनामा माग गरेका छन् । विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि सरकारले बेवास्था गरेको दुवाडीले बताए ।

पटक पटक बाँदर नियन्त्रणका लागि आवाज उठाएपनि सम्वन्धित निकायले बेवास्था गरेकाले प्रदर्शन गर्न वाध्य भएकाे दुवाडीकाे भनाई थियाे । ‘हामीले जति गुनासाे गरे पनि सरकारि कार्यालयहरुले एकले अर्काकाे दाेष देखाउदै पन्छिने काम भएकाले किसान जागेका हुन् ।’ दुवाडीले भने ।

“बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ ।” बाँदर नियन्त्रणको माग गर्दै शुक्रबार धादिङवेसी आइपुगेकी टिकाकुमारी श्रेष्ठ भन्छिन, “बारीमा जे लगाए पनि बाँदरबाट जोगाउन सकिदैन, वर्षेनी दुःख गर्यो फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो ।”

अहिले मकैमा चमरा लाग्ने बेला भएको छ । निगालपानी आसपासका किसानले लगाएमो मकैमा बाँदरको रजाइ छ । “दुःख ग-यो, मल हाल्यो खेती ग-यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्यो वर्षेनी बाँदरले सखाप बनाउँछ”, किसान देवीप्रसाद रिजालले भने “हाम्रो समस्यालाई सरकारले ध्यान दिएन, कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।”

बाँदरले मकै नाश गरेको मकैको बोटकै माला लगाएर किसान सदरमुकाम धादिङवेशीमा रहेका सरकारी कार्यालयको गेट गेटमै नारा लगाउँदै हिँडेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप