जीवनेश्वरमा दुर्लभ करोड बत्ती बालिँदै

ललितपुर । गोदावरी नगरपालिका–१० मा रहेको जीवनेश्वर मन्दिर परिसरमा विश्व शान्ति र पितृ मोक्षका लागि १ करोड बत्ति बालिँदै छ ।

जीवनेश्वर मन्दिर करोड बत्ती समितिको आयोजनामा शनिबार करोड बत्ती बाल्न लागिएको हो । काठमाडौं उपत्यकामै दुर्लभ मानिएको करोड बत्ती प्रज्वलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष अर्चना न्यौपानेले जानकारी दिइन् ।

करोड बत्ती बाल्न शुक्रबारै ४ सयवटा पालामा प्रतिपाला २५ हजार बत्ती भिजाएर तयारी अवस्थामा राखिएको समिति उपाध्यक्ष यादवराज चालिसेले जानकारी दिए । न्यौपाने गाउँमा रहेको मन्दिरमा करोड बत्ती बाल्ने संकल्प लिएर बासुदेव लुइँटेल करिब २ वर्षअघि देखि बत्ती र नगद सहयोगका लागि खटेका थिए ।

’roundका मुलडोल, झ्यालुन्टार, बोहोराटार, विष्टगाउँ, डाँडागाउँ, टाहाखेल, पारीगाउँ, प्याङगाउँ, चापागाउँ, सल्यानलगायतका अन्य स्थानबाट अत्यधिक भक्तजनको सहभागिता रहने अनुमान आयोजक समितिको छ । दिउँसो साढे १२ बजे महासंकल्प गरेपछि दिउँसो १ बजे करोड बत्ती बालिने तयारी रहेको प्रचार कमिटी संयोजक नवीन लुर्इंटेलले जानकारी दिए । उनका अनुसार ब्रह्मा, विष्णु महेश्वरको पूजा गरेपछि बत्ती संकल्प गरिनेछ । बत्ती बालिसकेपछि ४ बजे भागवतको तिल चढाउने कार्यक्रम छ ।

यो धार्मिक अनुष्ठानका लागि गोदावरी नगरपालिकाका १४ वटै वडाबाट सहयोग मिलेको समितिकी सचिव देवकी न्यौपानेलले जानकारी दिइन् । करोड बत्तीको उपलक्ष्यमा मन्दिर परिसरमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि गत आइतबारबाट चलिरहेको छ । पण्डित कपिलदेव भट्ट महाराजले सप्ताहमा कथावाचन गरिरहेका छन् । गत शनिबार नगरपरिक्रमासहित कलश यात्रा गरेर यो अनुष्ठान सुरु भएको हो । जीवनेश्वरमा भएको धार्मिक अनुष्ठान गाउँकै पहिलो सार्वजनिक धार्मिक कार्यक्रम हो ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष