प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसै सात्ता दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण नियन्त्रणमा हुन लागेको उनको यस भ्रमणले दुई देशबीच परम्परागत बहुआयामिक सम्बन्धमा थप प्रगाढता ल्याउनुका साथै परस्पर विश्वासलाई पनि बढाउने निश्चित छ । गत वर्ष बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण भएको थियो । मोदीले लुम्बिनी भ्रमणका बेला नै नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

खुला सिमाना र बहुआयमिक सांस्कृतिकलगायतको सम्बन्धका कारण आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुने संकेत प्रधानमन्त्री प्रचण्डले पनि दिँदै आएका थिए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा पूर्वाधार निर्माण, विकास परियोजना, लगानी, प्रविधि विस्तार, व्यापार, सीमा तथा विद्युत्लगायतका विषय पनि दुई पक्षीय चर्चा रहने निश्चिित छ । ईपीजी प्रतिवेदनको विषय पनि चर्चामा रहने सम्भावना छ । यसबाहेक अन्य कतिपय विषयमा पनि सहकार्य, सहमति र सम्झौता हुन सक्ने सम्भावना रहेको छ । प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसित पनि भेटवार्ता गर्ने कार्यक्रम छ । भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न आमन्त्रित गरिने सम्भाना पनि रहेको छ । त्यसबाहेक भारतीय सेनामा गोर्खा भर्तीको विषय पनि चर्चामा आउन सक्दछ । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालका तर्फबाट छलफलमा अघि सारिने विषय’bout आवश्यक गृहकार्य तीव्ररूपमा भइरहेका छन् । यस भ्रमणलाई दूरगामी महत्वको मान्न सकिन्छ ।

प्रधानमन्त्रीले भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न आमन्त्रित गर्ने सम्भावना रहेको छ


इतिहास, संस्कृति, परम्परा तथा धार्मिक समानता आदिका कारणले पौराणिक कालदेखि नै नेपाल–भारतबीचको सम्बन्ध अटुट तथा अद्वितीय रहिआएको छ । सायद त्यही भएर होला प्रधानमन्त्री प्रचण्डले पनि भारतसँगको खुला सिमाना, आर्थिक, सामाजिक, राजनीतिक र जनता–जनताबीचको सम्बन्ध दृष्टिकोणले पनि हाम्रो सम्बन्ध युनिक रहेको बताएका छन् । विश्वमा अन्त कही कतै पनि यस्तो देख्न पाइँदैन । सायद त्यही कारणले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट नै हुँदै आएको छ ।
कतिपयले यसलाई परम्पराको संज्ञा दिएका छन् तर यो कुनै वैधानिक बाध्यता जस्तो छैन । नेपाल र भारतबीचको सम्बन्ध आधार काठमाडांै अथवा नयाँ दिल्लीमा बन्ने सरकार नभई यो त्रेतायुगकालीन हो । जनस्तरमा स्थापित यस सम्बन्धलाई आधुनिक विश्वको कुनै राजनीतिक मापदण्डद्वारा परिभाषित गर्न सकिँदैन ।

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या, सन्धि–सम्झौता, द्विपक्षीय व्यापार, आपसी सहयोगलगायतका विषयमा मुलुकको हितलाई प्राथमिकतामा राखी एजेन्डा निर्धारण गर्न, कूटनीतिक मामिलाका विज्ञहरू, पूर्व विदेशमन्त्री र राजदूतसित विचारविमर्श गर्ने र तिनको सुझाव लिने कार्य सकिएको छ । व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पर्यटन, सांस्कृतिक र जनस्तरका सम्बन्धलगायतका विषयमा पनि छलफल हुने सम्भावना छ । त्यसबाहेक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको प्रस्ताव, रक्सौल–काठमाडांै रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाईड्रो कम्पनी) ई–वालेटलगायतका विषयमा पनि छलफलको गृहकार्य भइरहेको छ ।

विश्वका प्रायः सबै जसो देशको सम्बन्ध सरकार सरकारबीच औपचारिकतामा सीमित हुने गर्दछ तर नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा कायम छ । रोटी र बेटीको सम्बन्ध छ, क्रान्ति र भ्रातृत्वको सम्बन्ध छ । नेपालमा आजसम्म जे जति राजनीतिक परिवर्तन भएका छन्, त्यसमा प्रत्यक्ष अथवा परोक्षरूपमा भए पनि भारतको भूमिका रहेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन । नेपालका प्रमुख राजनीतिक शक्तिहरू नेपाली कांग्रेस र नेकपाको जन्म नै भारतको भूमिमा भएको हो । २००७ सालको राणा विरोधी आन्दोलन होस् अथवा २०१७ सालको घटनापछि नेपालका प्रजातन्त्रवादीले भारतमा लुकेर बस्ने अवस्था आएको होस् भारतले सम्मान गरेकै हो । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना र २०६२/६३ मा गणतन्त्रको स्थापनाका लागि भएको आन्दोलनमा पनि भारतको नैतिक समर्थन रहेको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमण’bout अनावश्यक आशंका र भ्रम फैलाउने काम गरे बाँधिएको हातले केही काम गर्न सक्दैन


नेपाल र भारतवीच खुला सिमाना नभएको भए नेपालका हजारौं आन्दोलकारी राणा र पञ्चायती शासकद्वारा मारिन्थे । त्यसैगरी ८ वर्षअघि नेपालमा महाविनासकारी भूकम्प आउँदा दक्षिणी छिमेकी भारतले सर्वप्रथम सहयोगीका रूपमा आएको थियो । कोभिड–१९ को महाविनाशकारी प्रकोपका बखत जब उत्तरी छिमेकी चीनले अनिश्चित कालसम्म आफ्नो सिमाना बन्द गरेर राख्यो त्यति बेला पनि भारतबाट खाद्यान्न, औषधी र फलपूmलको निर्वाध निर्यात भइरहेको थियो र नेपालमा अभावको स्थिति देखिएन ।

नेपाल र भारतवीच सांस्कृतिक सम्बन्ध त्रेतायुगदेखि नै रहिआएको छ र अहिले पनि यो कायम छ । अहिले पनि बर्सेनि हजारौंको संख्यामा वैवाहिक सम्बन्ध हुने गरेको छ । माओवादीको सशस्त्र संघर्ष, नेपालको खास्ँिकदो आर्थिक अवस्था, बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता र नागरिकता’bout अनावश्यक भ्रम फैलाउने काम भइरहेका कारण भारतीय नेपालमा वैवाहिक सम्बन्ध कायम गर्न त्यति बढी इच्छुक अब देखिँदैनन् । हालका वर्षमा नेपाल–भारतबीच संस्कृतिक सम्बन्धमा प्रगाढता थपिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ र लुम्बिनी भ्रमणबाट प्रभावित भएर भारतीय पर्यटक नेपालका धार्मिक स्थल आउने क्रम तीव्र भएको छ । यसले हाम्रो पर्यटनलाई बढावा दिएको छ । नेपालीहरू पनि हजारौंको संख्यामा भारतका धार्मिक र पर्यटकीय स्थलमा जाने गरेका छन् । नेपाली र भारतीय एउटै धर्म–संस्कृतिका साझा उत्तराधिकारी रहेका छन् । नेपाल र भारतबीच सम्बन्धलाई रोटी–बेटी ‘को सम्बन्ध त्यसै भनिएको होइन, यो यथार्थ हो ।’

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा भएका निर्णयअनुसार सन् २०१६ मा गठित दुवै देशका प्रमुख व्यक्ति सम्मिलित ईपीजी अर्थात् प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन ग्रहण गर्ने विषयमा पनि भारतसित वार्ता हुन सक्दछ । नेपाल एवं भारतबीच सन् १९५० को शान्ति एंव मैत्री सन्धिलगायत कतिपय सन्धिको समीक्षा गर्ने काम भइरहेको छ । इतिहासको समीक्षा गर्ने कार्यलाई गलत भन्न मिल्दैन तर, आशंका धेरै हदसम्म पुग्दा केही नहुँदा पनि अनर्थ भइरहेको जस्तो लाग्छ । त्यस्तो आशंका उत्पन्न हुने बित्तिकै संवादको संस्कृति विकसित गरी त्यसलाई निर्मूल पार्नुपर्छ । नेपालले भारतबाट र भारतले नेपालबाट अपेक्षा राख्नु स्वाभाविकै हो । मित्र राष्ट्रलाई विश्वासमा लिएर मुलुकको आर्थिक प्रगति, विकास, समृद्धि र सुशासनका लागि सरकारले काम गर्नुपर्छ । एउटा छिमेकीसित राम्रो सम्बन्ध कायम राख्न अर्को छिमेकीसितको सम्बन्ध बिगार्नु नै पर्दछ, भन्ने छैन ।
नेपालको परराष्ट्रनीतिमा देखिएको सबैभन्दा विडम्बना यो पनि हो कि यहाँका अधिकांश शासक र राजनीतिक दलले भारत र चीनसित समानतामा आधारित सम्बन्ध राख्ने दाबी गर्दै आएका छन्, जबकि यो असम्भव हो । विश्वका शक्तिशाली राष्ट्रले त कुनै दुई देशसित एक समान सम्बन्ध राखेको इतिहास छैन भन्ने झन् विकासशील देशले विश्वका दुई उदाँउदा शक्ति राष्ट्रबीच समन्वय गर्न सक्ने दाबी गर्नु ठट्टाबाहेक केही पनि होइन । अमेरिका, रुस, चीन, जर्मनी, भारत बेलायत र चीनले पनि यस्तो गर्न सकेको छैन । दलीय एवं व्यक्तिगत प्रतिष्ठानका कारण राष्ट्र एवं जनतालाई हानि पु¥याउनु बुद्धिमानी होइन ।

राष्ट्रनीति प्रस्ट र बलियो नहुन्जेलसम्म परराष्ट्र नीति पनि बलियो हुन सक्दैन । धरातलीय यथार्थ बुझेर नै हामीले देशहितमा परराष्ट्रनीतिको सञ्चालन गर्नुपर्छ । कुनै पनि देशको विदेशनीति बौद्धिक विचारधारामा आधारित भएर मात्रै अगाडि बढ्न सक्दैन । विदेशनीति भनेको एउटा यस्तो व्यवहार हो, जुन राज्यको भौतिक हितबाट प्रभावित हुन्छ । हामीले अहिले आफ्नो देशको आर्थिक अवस्थालाई बलियो बनाउने दिशामा ध्यान केन्द्रित गर्नुपर्छ । आर्थिकरूपले सम्पन्न देशले बिस्तारै बिस्तारै सबै क्षेत्रमा आफ्नो प्रभाव बढाउन सक्दछ तर आर्थिकरूपले कमजोर देशको विश्व राजनीतिमा खासै महत्व हुँदैन । बाध्य भएर विश्वका सबै देश एक सम्मान नै हुन तर आर्थिक रूपले सबल, सैन्य क्षमताले बलियो, बढी रोजगार दिन सक्ने, बैदेशिक लगानी गर्ने र आर्थिक अनुदान अथवा ऋण सहयोग प्रदान गर्न सक्ने देशहरू अवश्य नै केही विशेष प्रकारका हुन्छन् ।

सिद्धान्तः विश्वका सबै देशहरू एकसमान अवश्य पनि हुने गर्दछ तर जनसंख्या क्षेत्रफल, सैन्य, क्षमता एवं आर्थिक प्रगतिलगायतका विषयका कारण केही देशले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चमा बढी महत्व र सम्मान पाउने गरेका हुन्छन् । प्रधानमन्त्रीको भारत भ्रमण’bout अनावश्यक आशंका गर्ने र समाजमा भ्रम फैलाउने काम गर्नुहुँदैन । बाधिएको हातले काम गर्न सक्दैन भन्ने यथार्थ बुभ्mनु आवश्यक छ । प्रधानमन्त्री दाहालको भारत भ्रमण सफल सावित हुने अपेक्षा गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी