पौवादुङबाट सिकौं

भोजपुरको पौवादुङ गाउँपालिकावासी केही वर्ष अघिसम्म परम्परागत खेतीमै निर्भर थिए । आलु, मकै, धान, कोदोलगायतका खेती गर्दै आएका किसान निर्वाहमुखी अर्थतन्त्रमै रमाउँदै थिए । कडा मेहनतका वाबजुत पनि सीमित आम्दानीमा रमाउँदै आएका पौवादुङवासीको दैनिकीमा फेरबदल आएको छ । उनीहरू अहिले धान, मकै, कोदोजस्ता परम्परागत खेती गर्दैनन् । परम्परागत खेती छाडेर यस भेगका किसान किवी खेतीमा रमाउन थालेका छन् । किवीको खेती सुरु भएपछि उनीहरूको आम्दानीको दायरा मात्रै बढेको छैन । श्रम गर्ने शैलीमा पनि परिवर्तन हुन थालेको छ । पहिलाभन्दा श्रम थोरै गर्छन्, आम्दानी धेरै ।

खोटाङको पौवादुङ गाउँपालिकाले १२ दशमलव ५१ वर्गकिलोमिटर भू–भागमध्ये उपयुक्त जमिनलक्षित ‘किवी पकेट क्षेत्र’ घोषणा गरेको छ । जब किवी पकेट क्षेत्र घोषणा भयो, सय जनाभन्दा बढी किसानले किवी खेती सुरु गरे । एकपटक बिरुवा रोपेपछि वर्षौंसम्म आम्दानी लिन सकिने भएकाले पनि किसानहरू खेतीप्रति आकर्षित भएका छन् । त्यसो त स्थानीय सरकारले किसानलाई गर्ने गरेको व्यवहार पनि उदहारणीय छ । किसानलाई तालिम दिनेदेखि बिरुवामा आनुदान, बिक्री वितरणमा समेत स्थानीय सरकार सहयोगीका रूपमा प्रस्तुत भएपछि किसानमा उत्साह बढेको छ । कुनै पनि नयाँ काम (खेतीपाती) गर्नका लागि पनि आमसर्वसाधारणलाई मेरो लगानी डुब्दैन भन्ने विश्वास दिन सक्नुपर्छ । भोजपुरका स्थानीय सरकारले स्थानीयवासीलाई त्यो विश्वास दिन सकेकै कारण अहिले किसान गाउँपालिकासँग हातेमालो गर्दै अघि बढेका हुन् । ‘किवी पकेट क्षेत्र’ले केबल किसानको आम्दानी मात्रै बढाएको छैन । स्थानीय सरकारको भूमिका के हो भन्नेमा पनि प्रस्ट पारेको छ । स्थानीय सरकार र जनताको सम्बन्ध सुमधुर भयो भने जनतालाई सुखी बनाउन सकिन्छ भन्ने सन्देश पौवादुङ गाउँपालिकाले दिएको छ ।

पौवादुङ गाउँपालिका स्थानीय सरकारमध्ये आफैमा एउटा उदाहरण हो, जसले केबल गाउँमा विकास गर्ने नाममा स्काभेटर लिएर डाँडाकाँडा कोतर्ने मात्रै काम गरेको छैन । नेपाल आफैमा जैविक विविधता भएको मुलुक हो । भोजपुरमा किवी खेती भयो । ७७ जिल्लाका ७ सय ५३ स्थानीय तहहरूमध्ये हरेकको आ–आफ्नै विशेषता छ । अन्य स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्ना क्षेत्रका जनतालाई समृद्ध बनाउनका लागि जेबाट राम्रो उपलब्धि लिन सकिन्छ, त्यसैमा केन्द्रित हुने हो भने समृद्ध मुलुक नारामा मात्रै सीमित हुनेछैन । आशा गरौं, जतनाबाट निर्वाचित जनप्रतिनिधिले पौवादुङ गाउँपालिकाले अपनाएको शैलीको सिको गर्दै आफ्ना क्षेत्रका जतनालाई सुखी र समृद्ध बनाउन पहल गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित सुनिश्चित भएपछि बालेनले भने : हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ