शरणार्थी प्रकरण: आज पनि थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा हिजो देखी सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । 

न्यायायधिस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए । पुर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँड, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरुले थुन छेक बहस गरेका थिए ।

सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्ने’boutमा निर्णय लिईने छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित