उद्यमी गौतमको हुटहुटी

स्वदेशमै मेहनेत गरे राम्रो आम्दानी सहित सानको जिन्दगी जिउन सकिन्छ भन्ने उदाहरण भएका छन, युवा उद्यमी चिरन्जीवि गौतम ।

काँस्की जिल्ला माछापुच्छ्रे गाउँपालिका–६ धितालमा जन्मिएका ३४ वर्षिय युवा व्यवसायी गौतमले सुरुमा केहि समय अर्काको कम्पनीमा काम गर्नेक्रममा बचत गरेको सानो लगानीबाट आफ्नो व्यवसाय सुरु गरेका हुन ।

यहाँ बसेर केही हुँदैन, भनेजस्तो काम नै गर्न सकिँदैन र काम पाउँनै कठिन छ । स्वदेशमा बसेर जतिगरेपनि राम्रो पैसा कमाउनै सकिँदैन भन्दै दैनिक दुईहजार पाँचसयको संख्यामा विमानस्थलबाट विदेसिँदै गरेका युवाहरुका भीडको मानशिक्ता भन्दा फरक सोचकासाथ स्वदेशमै मेहेनत गरिरहेका युवा व्यवसायी गौतम हाल ‘कमाउँदै गाउँ र देस बनाउने’ अभियानमा छन ।

आइएस्सी अध्ययनकै क्रममा पढ्दै कमाउँदे अघि बढेका युवा उद्यमी गौतमले स्वदेशमै बसेर ‘कमाउँदै आफ्नो गाउँ र देस बनाउँ ’अभियान काँस्कीको पोखराबाट प्रारम्भ गरेका हुन । आफ्नो इन्जिनीयरिङ अध्ययनलाई निरन्तरता दिँदै व्यवसाय थालनी गर्दाका सुरुका केहि समय अर्काको कम्पनीमा काम गरि हाँसिल गरेको शिप र ज्ञानलाई उचित सदुपयोग गरि आफुले मासिक रुपमा जम्मा गरेको पारिश्रमिकबाट गौतमले २०७१ सालदेखि क्याप कस्टक्सन प्रालि खोलेर स्वदेशी निर्माण व्यवसाय सञ्चालन गरिरहेका छन । उनी यस कस्टक्सनका प्रवन्ध निर्देशक हुन ।

१० वर्ष अघि २५ लाख रुपैयाँ पूँजि जुटाएर आफ्नै निर्माण कम्पनी ‘क्याप कस्टक्सन प्रालि’ को इजाजतपत्र लिएर निरन्तर काम गर्दै अघिबढिरहेका युवा व्यवसायी गौतमको यस निर्माण कम्पनी मार्फत अहिले २०/२२ करोडको काम भईरहेको छ ।

हाल चिनियाँ निर्माण कम्पनीसँगको जेभीमा नारायणगढ–बुटवल सडक विस्तार खण्डको काम गरिरहेका युवा उद्यमी गौतमको क्याप कस्टक्सन प्रालिमा अहिले करिब ५/६ करोड रुपैयाँको ठुला मेसिन तथा निर्माण औजारहरु छन । उनले यो निर्माण कम्पनीको लगानी बढाएर ४ करोड रुपैयाँ अधिकृत पूँजि पु-याईसकेका छन ।

निर्माण कम्पनी खोलेको १० वर्षको अवधीमा नै देसका राष्ट्रिय गौरवका ठुला विकास पूर्वाधार आयोजनामा विदेशी कम्पनीसँगको साझेदारीमा काम गरि आफ्नो कम्पनीलाई प्रतिष्ठित तथा क्षमतावान बनाउन सफल युवा व्यवसायी गौतमले निर्माण तथा भवनको नक्सा बनाउने, साइड हुर्ने व्यवसायसँगै पर्यटन, कृषि र सामाजिक क्षेत्रमा पनि हात हालेका छन ।

सानै उमेरदेखि आफ्नो काममा एकदमै लगनशिल एवं राम्रो प्रतिभा भएका क्याप कस्टक्सन प्रालिका प्रवन्ध निर्देशक गौतम संलग्न अन्य व्यवसायीक कम्पनी तथा फर्महरुमा सिस्टम इन्टरनेस्नल कन्सल्टेन्सीले ठुला भवन,घर निर्माण तथा विभिन्न निर्माण आयोजनाको नक्सा बनाउने, साइट हेर्ने काम लगायत सम्बन्धीत क्षेत्रमा आवस्यक परामर्श दिने काम गर्दै आएको छ ।

यसैगरि, गौतम सिस्टम इन्टरनेस्नल ट्रेडर्स, लप्सीबोट एग्रोफाम, देउराली वाइल्डलाईफ रिसोर्टका सञ्चालक हुन । अहिले आफ्नो लगानी पर्यटन क्षेत्रमा विस्तार गरिरहेका गौतमले काँस्कीकै माछापुच्छ्रे गाउँपालिका–४ मा १६ रोपनी जग्गा खरिद गरेर धमाधम देउराली वाइल्डलाईफ रिसोर्ट निर्माणको काम गरिरहेका छन ।

पर्यटकीय शहर पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै रहेको यस रिसोर्टलाई देसकै नमुना अर्गानिक रिसोर्ट बनाउने उनको लक्ष्य छ । अहिले यस रिसोर्ट सञ्चालनकालागि आवस्यक जग्गा खरिद गर्ने कामदेखि धमाधम पूर्वाधार निर्माणको काम जारि रहेको उनले जानकारि गराए ।

हाल आफु संलग्न यि विभिन्न व्यवसायीक फम, कम्पनी तथा संस्थाहरुबाट प्रत्यक्ष/अप्रत्यक्ष रुपमा एकसय जनाले रोजगारी पाएको बताउँदै युवा उद्यमी गौतमले भने, ‘ सरकारले तोकेको न्युनतम मासिक तलब देखि ८० हजार रुपैयाँसम्म महिनाको पारिश्रमिक पाउने कामदारलाई मैले रोजगारी दिएको छु । ’ अहिलेको यो अवस्थासम्म आइपुग्दा अनेक चुनौती पार गर्दै आएको स्मरणगर्दै उनले आफ्नो यो सफलतालाई अवसर र सिकाईको रुपमा लिएको बताए ।

हाल देसका युवाहरु यहाँ केही हुँदैन भनेर विदेश गईरहेको अवस्थामा आफुलाई भने अन्य साथीभाईहरु जसरी विदेश जान नपाएकोमा कुनै पछुतो नभएको गौतम बताउँछन ।

आफ्नो व्यवसायीक कामसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय गौतम सामुदायिक ग्रामिण तथा महिला विकास सेवा को अध्यक्ष पनि हुन ।

सानै उमेरदेखि अर्काको कमाइमा होइन आफ्नै मेहनेतले गरिखानुपर्छ । जस्तोसुकै समस्या आएपनि आफ्नै जन्मभूमिका बसेर केही गर्नुपर्छ भन्ने सोचकासाथ निरन्तर अघि बढेर अहिलेको यो अवस्थासम्म आईपुेका सफल युवा उद्यमी गौतम सुरुमा आफुले अर्काको कम्पनीमा जागिरको कामबाट विस्तारै अहिलेको यो अवस्थासम्म आइपुग्दा आफुले अनेक समस्या र संघर्षसँग पौंठेजोरी खेल्दै अघि बढ्नुपरेको बताउँछन ।

आफ्नो गाउँकै विद्यालय श्री बराह मावि धितालबाट एसएलसी परिक्षा उत्तिर्ण भई आफुले पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा आइएस्सी अध्ययन सकेपछि दुईवर्ष बुबा घनश्याम गौतमको किराना पसलमा बसेर सामान्य व्यापार सिकेको र सोही बेला आफुले बुबाको पसल जस्तै अर्को किराना पसल खोलेर दुईवर्ष सामान्य व्यापार गरेको स्मरण गर्दै गौतमले भने, ‘ किराना पसलबाट कमाएको पैसाबाट मैले पोखरा विश्व विद्यालयबाट इन्जिनीयरिङ अध्ययन पुरा गरेको हुँ ।’

इन्जिनीयिरिङ अध्ययनकै क्रममा आफुले एकजना ओभरसिएर साथीसँग मिलेर घरको नक्सा बनाउने काम, साइड हेर्ने काम तथा अन्य निर्माण सम्बन्धी काम गर्दै अध्ययन खर्च जुटाएको र त्यसपछि बिई इन्जिनीयरिङ अध्ययन पुरा गरिसकेपछि ६ महिना एक कन्सल्टेन्सीमा जागिर खाएको र पुनः अर्को ६ महिना सूर्य कस्टक्सन निर्माण कम्पनीमा काम गरेको उनले बताए ।

सूर्य कस्टक्सन कम्पनीमा काम गर्ने क्रममा सुइस डोनर्सले आफ्नै गाउँमा पूर्वाधार विकास निर्माणको काम सम्पन्न गरेको थियो । सोही कम्पनीमा बसेर आफुले सुइस डोनरको काम गर्दै गर्दा सामाजिक संस्थामा पनि लागेर काम गर्ने अवसर पाएको उनले बताए । त्यतिबेलामा अध्यक्ष सोमतबहादुर श्रेष्ठले क्लाउड नेपाल सामाजिक संस्थाको अध्यक्षको जिम्मेवारी आफुलाई सुम्पिदिएको स्मरण गर्दै गौतमले भने, ‘ त्यसपछि मैले युवा उद्यमी तथा सामाजिक परिचालन सम्बन्धी काम जाइकासँगको सहकार्यमा खाद्य तथा पोषण सम्बन्धी काम गर्ने अवसर पाएँ।’

त्यसपछि विश्व बैंकको सहयोगमा ग्रामिण खानेपानी तथा सरसफाई कोष विकासको काँस्की जिल्लाका विभिन्न ५ वटा खानेपानी आयोजनाको काम र त्यसपछि सोही संस्थाको सहयोगमा पूर्ण खानेपानी तथा सरसफाई सम्बन्धी घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न काँस्कीकै विभिन्न ५ वटा गाउँमा नेतृत्वदायी भूमिका खेलेको उनले बताए । ‘त्यो नै मेरो व्यवसायीक जिवनको गेमचेन्जर अवसर एवं मोड भएको थियो’ गौतमले भने ।

विदेशी दातृ निकायको काम राम्रो गरेको सोही गेमचेन्जर मोडको भोगाईलाई नै आफुले कम्पनी स्थापना गरि अहिलेसम्म स्वदेशी निर्माण व्यवसायमा उपयोग गरिरहेको उनले बताए । २०७१ सालमा क्याप कस्टक्सन कम्पनी खोलेर सुरुका केही वर्ष आफ्नो इन्जिनीयिरिङ अध्ययन गर्दाका कक्षाका साथी रविन्द्र अधिकारीसँग मिलेर काम गरेको भन्दै उनले २०७२ सालमा गएको विनासकारी भूकम्पले आफ्नो व्यवसायीक कामलाई निकै प्रभावित बनाएपनि आफु विचलित नभईकन निरन्तर काम गरिरहेकाले अहिलेको यो आवस्थामा आइपुग्न सफल भएको बताए ।

भूकम्प गएको बेला आफुसँग भएका ६/७ वटा निर्माण सम्बन्धी काम प्रभावित भएर काम गर्ने वातावरण नै नभएपछि भूकम्पले भत्किएका भवन तथा संरचनाको रेक्टोफिटिङको काम र भत्किएका घरलाई सवलीकरण गर्ने काम गरेको स्मरण गर्दै गौतमले भने, ‘ भूकम्पको समस्यापछि फेरि नाकाबन्दीको समस्था भोग्नु प¥यो, नाकावन्दीले करिब ४०/५० लाख रुपैयाँ नोक्सानी भयो ।’ त्यसबेला आफुले कमाएको सबै गुमाएको उनले बताए ।

नाकावन्दीमा पहिले कमाएको सबै पैसा सकिएपनि आफुले कुनै विचलित नभईकन पुनः आफ्नो कामलाई निरन्तरता दिएको र २०७२/७३ को नाकावन्दीपछि सामाजिक कार्यमा पनि लागेर आफ्नो मुख्य यो व्यवसायलाई भने सकेसम्म अघि बढाएको बेला संगै काम गर्दै आएका इन्जिनीयर साथी रविन्द्र अधिकारी २०७६ सालमा थप उच्च शिक्षा अध्ययनकालागि अष्ट्रेलिया गएपछि आफुले नयाँ ढंगले यस कम्पनीलाई अघि बढाएको गौतमले बताए ।

‘अहिले मलाई आफु विदेश नगएकोमा कुनै पछुतो छैन । मलाई अझै स्वदेशमै बसेर आफ्नो व्यवसायलाई निरन्तरता दिँदा एकदमै सन्तुष्ट छु ।’ तर सरकारले पछिल्लोपटक सार्वजनिक खरिद ऐन संसोधन गरि ५ वटा काम मात्र गर्न पाउने नियम ल्याएको छ । यस्ता सरकारको नीतिगत अस्पष्टताका कारण व्यवसाय सुरक्षित हुने वातावरण छैन । व्यवसायीका लगानीको सूरक्षा छैन । जसले थप चिन्ता बढाएको छ ।’

अहिले आफुलाई स्वदेशमै बसेर स्थानीयवासीसँग मिलेर सामाजिक काम गर्न पाउँदा सन्तुष्ट भएको उनले बताए । तर, निर्माणको काम समयमा सम्पन्न गर्दापनि राज्य र निजी क्षेत्रबाट समयमा भूक्तानी नहुनु निकै समया भएको भन्दै उनले सरकारले ढिलो भूक्तानी गर्दा व्याज पनि दिने वातावरण बनाईदिनुपर्नेमा बताए ।

अहिले सरकारले पनि आगामी आर्थिक वर्षको बजेट मार्फत नै लगानी गरि स्टार्टअपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड रुपैयाँ अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट यस्तै युवा उद्यमी आकर्षित गर्ने प्रयासमा सरकारले विनियोजन गरेको हो ।

जसकालागि सरकारले आर्थिक वर्ष २०८०/८१ लाई ‘युवा उद्यमशीलता प्रवद्र्धन वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ । विभिन्न कोष, अनुदान र छुटका कार्यक्रम मार्फत सरकारले युवा उद्यमी र नवप्रवर्तनात्मक उद्योगलाई प्रोत्साहन गर्ने बताएको छ ।

बजेट मार्फत सरकारले युवा पुस्तालाई उद्यमशीलता विकास र व्यवसाय सञ्चालनमा आकर्षित गर्न सीप, पुँजी र प्रविधिमा पहुँच बढाउने विषय समेटेको छ । स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्न सरकारले बजेट मार्फत विभिन्न योजनाहरूअघि सारेको छ ।

‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्न अबदेखि कुनै पनि शुल्क नलाग्ने व्यवस्था सरकारले बजेटमा गरेको छ । अहिले सरकारले युवा स्टार्टअपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । जसले युवा उद्यमीलाई केही आशा जगाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 2,198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानदेखि धनगढीसम्म स्वतन्त्र