ठाकुरबाबामा अन्य देशबाट आएका व्यक्तिको पहिचान

घरदैलो पुगेर परामर्श गर्दै प्रहरीसहितको स्वास्थ्यकर्मीको टिम

बर्दिया । ठाकुरबाबा नगरपालिकामा भारतलगाएत अन्य देशबाट घर आएका व्यक्तिको पहिचान गरिएको छ । कोरोना भाइरसविरुद्ध गाउँगाउँमा विशेष अभियान संचालन गरेर ठाकुरबाबा नगरपालिकाले आफनो नगरमा भारतलगाएत अन्य देशबाट घर आएका व्यक्तिहरुको पहिचान गरेको हो ।

मुलुक लकडाउन हुनु अघि र लकडाउनकै बेला भारतलगाएत अन्य देशबाट नगर भित्रिएका ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा गरि जम्मा २ सय ८७ व्यक्तिको पहिचान गरिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।

घरदैलो गर्ने क्रममा पहिचान भएका व्यक्तिहरुको घरमै स्वास्थ्यकर्मीको टोली ज्वरो जाँच गरेका थिए । पहिचान भएका व्यक्तिहरुमा हाल कोरोना भाइरसको कुनै लक्षण नदेखिएको र उनीहरुलाई गाउँघरमा नडुलेर घरमै सुरक्षित भएर बस्नका लागि आवश्यक परामर्श गरिएको स्वास्थ्यकर्मी इन्द्र राजबंशीले जानकारी दिए । कुनै शंका लागेमा तत्काल प्रहरी वा स्वास्थ्य संस्थामा जानकारी गराउन अनुरोध गरिएको स्वास्थ्यकर्मी राजबंशीले जानकारी दिए ।

बहिरबाट आएका घर आएका व्यक्तिहरुको पहिचान गर्न ठाकुरबाबा नगरपालिकाले एक जना स्वास्थ्यकर्मी, जनप्रतिनिधी र सुरक्षा निकाय गरि प्रत्यक वडामा ४ जनाको टोली खटाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्