मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको धारामै झर्दैन पानी

काठमाडौं । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

तर, यो वास्तविकता हो । शुक्रबार २० चैत २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा मेलम्चीको पानी वितरण भृकुटीमण्डपस्थित यही धारामा पानी खोलेर गरेकी थिइन् । त्यसबेला कार्यक्रम सञ्चालकले अब सधैं यस धाराबाट पिउने पानी पाइने उद्घोष गरेका थिए । तर, अहिले त्यस धारामा पानी आउँदैन ।

यस धारामा राखिएको शिलालेख हेरेर पानी पिउन चाहने मानिस नजिकै जान्छन् । तर, धारामा पानी खस्दैन । धाराको केही संरचना त उप्किइसकेको छ । भृकुटीमण्डपमा आइरहने विद्यार्थी नरराज कुइँकेलले यही धाराले राजधानीमा मेलम्चीको पानीको वितरणको अवस्था कस्तो छ भन्ने प्रस्ट हुने बताए । उनले तिर्खा लागेका बेला धारा देखेर पिउन जाँदा पानी नआएको गुनासो गरे ।

विभिन्न प्रदर्शनी भइरहने भृकुटीमण्डपको यस कुनामा प्रायः जुत्ता र चप्पल मेला लाग्ने गरेको छ । अहिले पनि जुत्ता र चप्पल मेला भइरहेको छ । जुत्ता र चप्पल मेलाका लागि घेरिएको जस्ताले धारालाई पनि ओझेलमा पारेको छ । पानी वितरणको शुभारम्भ गरिएकै धारामा पानी नआएपछि ग्राहकका धारामा पानी जाला र ? भन्ने सन्देश यसबाट प्रवाह भएको भृकुटीमण्डपमा भेटिएकी बागबजारकी स्थानीय समिना खड्गीले बताइन् ।

एक दिन पानी झरेको देखाउन बनाइएको यस धाराका लागि कति खर्च भयो होला भनी राजधानीवासीले खोजी गर्नुपर्ने उनको माग छ । सार्वजनिक सेवा प्रदायकका यस्तै गतिविधिले पटकपटक राजधानीवासीलाई आक्रोशित बनाउने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला