बझाङमा वडा अध्यक्षको मृत्यु

बझाङ । बझाङमा वडा अध्यक्षको मृत्यु भएको छ । सुर्मा गाउपालिका वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो । मंगलबार राति उनको ३८ बर्षको उमेरमा मृत्यु भएको उनका आफन्तले जनाएका छन् । केही समय अघि देखि विरामि रहेका बोहरा उपचारका क्रममा नेपालगंज सम्म पुगेको बुझिएको छ ।

उनलाई नेपालगन्जबाट घर जान स्वास्थ्यकर्मीले सुझाब दिएका थिए । घर पुगेको केही दिनमा नै उनको निधन भएको हो । बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट टिकट लिएर निर्वाचित बनेका थिए । उनको वडामा सबैजना नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य छन् । पालिकाभरि नेकपा एमालेबाट निर्वाचित हुने बोहरा एक्ला हुन् । उनको लिभर डेमेज भएको र सुगर,जन्डिस, हेपाटाइटिसले समेत समातेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराका १५ औं मेयर आचार्यको इतिवृतान्त यस्तो छ