दैलेख । दैलेखको नारायण नगरपालिकाले १२औं नगरसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्मा आगामी आर्थिक वर्ष २०८०र८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, सिपमुलक तालिम,खानेपानीका धाराहरु मर्मत, कृषि तथा पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राखि योजना बनाएको नगर प्रमुख लोमन शर्माले बताए ।
नारायणका पत्येक वडामा स्वास्थ्य चौकीका भवनहरु २बर्षमा भवन निमार्ण गर्ने, दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरिने उनले जानकारी दिए ।उनले भने नारायण नगरपालिका वडा १० र ११मा २४औं घण्टा आधारभूत सेवा उपलब्ध गराउने ,एकल पुरुषलाई मासिक १हजारको दरले भत्ता दिने समेत जानकारी दिए ।
नगरपालिकाले निति तथा बजेट कार्यक्रममा कृषी,स्वास्थ्य,शिक्षा,पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको बताएको छ ।
यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडि बढेको नारायण नगपालिका दैलेखका प्रवक्ता एवम्न वडा नं –६का वडाअध्यक्ष जनक न्यौपानेले बताए ।उनले भने आगामी असार १० गते बजेट प्रस्तुत गर्ने बताए ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने नारायण नगरपालिका जिल्लाको पहिलो नगरपालिका बनेको छ ।