Sunday, June 13, 2021
Home Editor-Picks फार्मेसी सञ्चालक भन्छन्– जोखिम मोलेर सेवा दिन सकिदैंन, खोई पीपीई ?

फार्मेसी सञ्चालक भन्छन्– जोखिम मोलेर सेवा दिन सकिदैंन, खोई पीपीई ?

,

काठमाडौं । तपाईलाई एक्कासी टाउको दुख्यो र, क्लिनिक वा कुनै अस्पताल जानु प-यो अथवा तपाईसँग चिकित्सकको प्रेष्कृप्सन छ, औषधि किन्न फार्मेसी जानुपर्ने भयो ? विडम्वना अहिले घर बाहिर निस्कन पनि डर छ, यदि निस्किहाल्नुभयो भने न त नजिकै अस्पताल वा क्लिनिकमा स्वास्थ्यकर्मी भेट्नुहुन्छ न त सहज तरिकाले फार्मेसीहरु सञ्चालनमा आएका छन् ।

फार्मेसी सञ्चालकहरुको जवाफ छ, सामाजिक दुरी कायम गर्न प-यो, ‘३ फिट दुरी कायम गर्न भनेको छ । के गर्नु व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) पनि छैन, यसरी जोखिम मोलेर व्यवसाय गर्न सकिन्न ।’

एक हप्तादेखि नेपाली बजारमा औषधि आयात भएको छैनः आयातकर्ता संघ

बेलुकीको समयमा ढुवानी सहज बनाउन सरकारलाई आग्रह गर्छौ : औषधि उत्पादक संघ

औषधिनै नपाइने स्थिति सिर्जना भए वैकल्पिक उपाय सोच्छौंः औषधि व्यवस्था विभाग

सरकारले भने औषधि पसल र अस्पतालहरु अत्यावश्यकीय भएको भन्दै निर्वाद रुपमा सञ्चालन गर्न भन्दै आएको छ । सरकारले पर्याप्त मात्रामा पीपीई उपलब्ध नगराउँदा आफूहरुले जोखिम मोल्न नसकेको निजी अस्पतालका सञ्चालकहरु बताउँछन् । कीर्तिपुर फार्मेसीका जीवन महर्जनले भने, ‘पसल त खोल्छु तर, न मसँग पीपीर्ई छ, न त यहाँ काम गर्ने फर्मासिष्टसँग नै ?’

औषधि अभाव भएकै हो त ?
औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य भन्छन्, ‘एक हप्तादेखि औषधि आयात हुनसकेको छैन । गोदाममा त छन् औषधिहरु तर, विरामीहरुले अतिरिक्त रुपमा भण्डारण गर्दै आएका छन् ।’ औषधिको अभाब होला त ? आचार्य थप्छन, ट्रान्सपोर्ट कम्पनीहरु बन्द रहिरहे जिल्लामा औषधि अभाव खड्किने निश्चित छ । लोकल ट्रान्सपोर्ट कम्पनीहरुले इम्पोर्टरहरुको गोदाममा रहेका औषधिहरु उठाइरहेका छैनन् ।’

उनले औषधि व्यवसायीहरुमाथि राज्यले अपमानजनक व्यवहार गरेको गुनासो गरे । उनी भन्छन्, ‘औषधि व्यावसायिहरुले सुरक्षित महसुस गरिरहेका छैनन् । प्रहरीले पास खोज्छ, दुःख दिन्छ ।’ मास्कको भरमा जोखिम लिएर औषधि व्यावसायिहरुले काम गर्न बाध्य भएको उनको भनाई छ । २१ दिने लकडाउन गरेसँगै भारतबाट आयात हुने औषधिहरु प्रायः ठप्प छन् ।

औषधि उत्पादन रोकिदैंन
औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी भन्छन्, ‘औषधिका लागि आवश्यक कच्चा पदार्थहरु चीनवाट ल्याउन पहल थालिएको छ । संघाईमा कच्चा पदार्थ संकलन गर्ने र एयर लिफ्टबाट भए पनि ल्याउने गरी हामी लागिरहेका छौं ।’ उनले उद्योग सञ्चालन दिउँसो गर्नुपर्ने भएकाले बेलुकीको समयमा ढुवानीको सहज गर्न सरकारलाई अपिल गरे । उनले भने, ‘अत्यावश्यक सेवा बन्द नगर्ने भनिएको छ, त्यसैले व्यवस्थित गरेर आम उपभोक्तालाई पुग्ने औषधि उत्पादनमा हामी तल्लिन छौं ।’

फार्मेसी पनि बन्द ?
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, ‘अहिलेसम्म त्यस्तो गुनासो आएको छैन, ‘विहान अथवा बेलुकी सामाजिक दुरी कायम गरेर बिक्री गर्न व्यावसायिहरुलाई अनुरोध गरेका छौं । अप्ठेरो स्थिति आए बैकल्पिक उपाय सोंच्छौं ।’ उनले सरकारी अस्पतालका फार्मेसीहरु भने बन्द नरहेको बताए ।

(Visited 258 times, 2 visits today)
Loading comments...

आजको समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

अटल पाइलाहरू

घुमफिर यो वसन्त याममा सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले अनुमति लिएका थिए । सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४ सय ८ ले अनुमति लिएको...

हाम्रा वादहरू

कविता हिजो तिमी र म एउटै नारा घन्काउँथ्यौं एउटै उम्मेदवारलाई टोलटोल घुमाउँथ्यौं जिन्दावादको नारा लगाउँथ्यौं जनजनलाई चिनापर्ची गराउँथ्यौं न दिन भनिन्थ्यो न रात भनिन्थ्यो न भोक भनिन्थ्यो न प्यास भनिन्थ्यो आज तिमी एकथरी नेताको पछि...

श्रीमानसंग सुतेकै ठाउँमा महिला मृत भेटिइन्

  इटहरी । इटहरीमा सुतेकै ठाउँमा एक महिला मृत फेला परेकी छन् । बिहीबार बिहान इटहरी ४ मा सुतेकै ठाउँमा एक महिला मृत फेला परेकी...

ट्रेन्डिङ

सुदूरपश्चिम प्रदेश : दुई पक्षबीच सांसद आफ्नो पक्षमा पार्ने होडबाजी

धनगढी । प्रतिनिधिसभा विघगठन भएसँगै सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो सुदूरपश्चिम प्रदेशमा पनि पर्न थालको छ । योसँगै दुई तिहाई बहुमत...

भुकम्पको धक्काले बागलुङमा एक घर भत्कियो

बागलुङ । भुकम्पको धक्काले बागलुङमा एक घर भत्किएको छ । बुधबार बिहानपख गएको भुकम्पको धक्काले बागलुङ नगरपालिका–६ का ६९ बर्षिय दुर्गाबहादुर सुवेदीको घर भत्किएको...

सत्ता साझेदारी हल्ला मात्रै : कांग्रेस

काठमाडौं । सत्तारूढ दल नेकपाभित्रको किचलो र सत्ता संकट बढेसँगै सो विषयले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समेत तताएको छ ।  कांग्रेसले आइतबारका लागि बोलाएको...

विश्वास गुमाउँदै राजनीतिक दलहरु

अहिले सिङ्गो विश्व कोरोनाविरुद्धको लडाइमा केन्द्रित छ । नेपाल पनि विगत ३१ औं दिनदेखि लकडाउनमा छ । सरकारले सबै नागरिकलाई घरभित्रै बस्न र अत्यावश्यक...

शिक्षकहरुको आन्दोलनले भोजपुर क्याम्पसको पठनपाठन ठप्प

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षकहरुले करार माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठन पाठन ठप्प भएको छ । क्याम्पसमा करार दर्बन्दी रिक्त हुँदा...

धुर्कोटका अति विपन्न ६० परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ वाग्लाबाट राहत वितरण सुरु...

साउथह्याप्टनको तेस्रो स्थानमा पुग्ने अवसर गुम्यो

लन्डन । ईङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा साउथह्याप्टनले शीर्ष तेस्रो स्थानमा पुग्ने अवसर गुमायो । उल्भ्ससँग बराबरी खेलेर अंक बाड्नुपरेपछि शीर्ष तीन...

घरभित्रै दशैँ मनाउन चितवन प्रशासनको अनुरोध

चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक...

माधव नेपाल पक्षका युवा नेताद्वारा नयाँ दल दर्ताका लागि निवेदन दर्ता, नाम नेकपा (एकिकृत), चुनाव चिन्ह कलम

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेकपा एमालेभित्रको...

संवैधानिक सकसमा कांग्रेस

काठमाडौं । तोकिएको समय महाधिवेशन नहुने अवस्था बन्दै गएपछि नेपाली कांग्रेसलाई संवैधानिक संकट पर्ने देखिएको छ । कांग्रेस विधानअनुसार पार्टी सबै तहका पदाधिकारी तथा...

ज्वरो नाप जाँच गरेर संसद भवन प्रवेश गरेका थिए अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थन्त्री डा. युवराज खतिवाडाले अहिले आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । यस पटकको बजेट कोभिड –१९ ले पारेको...

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुने २७ पुगे

पोखरा । गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रदेश...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)