नियम नमानेकाे भन्दै काठमाडौं महानगरद्वारा शैक्षिक मेला बन्द


काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान शैक्षिक मेला बन्द गराएको छ ।

कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको थियो । जसको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।

तर, दिउँसो महानगरका प्रहरीले मेला बन्द गराएका हुन् । मेला’bout स्थानीय तहलाई जानकारी नगराएको र माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो ।

केही दिनअघि महानगरले एसईईको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न सबै विद्यालयलाई पत्राचार गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी