लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

सिन्धुली । घाँटीमा लिचीको दाना अड्किएर सिन्धुलीमा एकजना बालकको मृत्यु भएको छ । विहिबार राती लिचि खाँदा दाना अड्किएर कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

बालकको लिचीको दाना अड्किएर उपचार गर्न आएको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।

सुनकोशीमा बेवारिसे शव फेला
सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको वेवारिसे शव फेला परेको छ । बिहीबार साँझ ८, ९ वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।

सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा उक्त शव भेटिएको र शवको पहिचान हुन नसकेको दाहालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु