गर्भवती महिलाको हवाई उद्धार


खोटाङ । लकडाउनका कारण मुलुक ठप्प भईरहेका बेला अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धारगरि उपचारका लागि काठमाडौं ल्याइएको छ ।

गर्भवतीअवस्थामा रहेकी खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था बिग्रदै गएपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा ती महिलाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचार भईरहेको छ । शनिबार बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकी उनको उपचार त्यहाँ सम्भव नहुने भएपछि चिकित्सकको सल्लाहमा गर्भमा रहेकीशिशु र आमादुवैको जीवन रक्षाकालागि काठमाडांै रिफर गर्नु परेको केन्द्रकी अहेव निर्मलाशर्माले जानकारी दिएका थिए । उहाँकाअनुसार सो महिलाको पाठेघरमा समस्या देखिएको थियो ।

शुक्रबार बेलुका देखिनै अत्याधिक रक्तश्राव भएको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले त्यहाँउपचार गर्न नसक्ने भनेपछि हेलिकप्टरबाट काठमाडौंमा ल्याई उपचार सुरुगरिएको तामाङकी पति गणेशले बताए ।

स्थानीय स्वास्थ्य केन्द्रले उपचार गर्न नसक्ने भएपछि खोटाङका प्रतिनिधि सभाका सांसद विशाल भट्टराईको आग्रह र प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलको सिफारिसमा ती महिलालाई उपचारका लागि काठमाडौं ल्याइएको हो । दूर्गम क्षेत्रका ज्यानजोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्थागर्दै आएको छ ।

यसैबीच, मन्त्री गुरुङले ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकहरुलाई निर्देशनदिनु भएको छ । उहाँले कोरोना भाईरसको संक्रमणबाट बच्न ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती महिला र अपांगता भएका व्यक्तिको विशेष व्यवस्था गर्न पनि सबैलाई आग्रह गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी