दाङ । चलचित्र विकास बोर्डले दाङको घोराहीमा पहिलो राष्ट्रिय बाल चलचित्र महोत्सव–२०८० सम्पन्न गरेको छ । शुक्रबारबाट तीन दिनसम्म चलेको यो महोत्सबमा महोत्सवमा चलचित्र ऐना झ्यालको पुतली, टिजर, छाया, के घर के डेरा, पहिलो नेपाली फिल्म आमा र पहिलो रंगीन नेपाली फिल्म कुमारी प्रदर्शन गरिएको महोत्सब सँयोजक एवम् बोर्ड प्रबक्ता केएल पीडितले बताए ।
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान दिएको भन्दै दाङका सिनेकर्मी खड्ग बुढाथोकी, महेन्द्र बुढाथोकी, कमल गाउँले, चन्द्रप्रकाश चौधरी, जुनु मगर, छविलाल कोपिला, शक्तिराम डाँगी र महेन्द्र बुढाथोकीलाई महोत्सबमा सम्मानित गरिएको छ । यस्तै २०४३ सालमा दाङमा राप्ती चलचित्र मन्दिर स्थापना गरेका गिरीराज पन्तलाई पनि महोत्सबमा मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।
महोत्सबमा बालबालिकाबीच अभिनय प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा अभिनयतर्फ सृष्टि केसी प्रथम, साल्सा रेग्मी द्वितीय र सुशील सुनार तृतीय भएका छन् । यस्तै महोत्सबमा नेपाली चलचित्र सम्बन्धि अन्तर विधालय हाजिरजवाफ प्रतियोगिता राखिएको थियो । जसमा मेचीकाली सेकेन्डरी स्कुल प्रथम, गोदावरी इङ्लिस मिडियम स्कुल द्वितीय र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल तृतीय भए , भने दीपशिखा मावि र पश्चिम दाङका विधार्थीले सान्त्वना पुरस्कार पाए ।
यस्तै नृत्य प्रतियोगितामा दाङको गोदावरी इङ्लिस मिडियम स्कुल प्रथम, गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल द्वितीय र राजविद्या पाठशाला तृतीय भए । प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५–५ हजार पुरस्कार प्रदान गरियो ।
बालबालिका तथा किशोरकिशोरीलाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्न, फिल्मको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउन, मनोरञ्जन अधिकारको संरक्षण र प्रवद्र्धन गर्न यो महोत्सब गरिएको पनि सँयोजक केएल पीडितले बताए । १ असारबाट सुरु भएको महोत्सब आईतबार बेलुका सम्पन्न भएको थियो ।
महोत्सबमा बोर्ड अध्यक्ष भुवन केसी ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममा प्रस्तुत भए । केसीले बालबालिकासँग फिल्म’bout २ घन्टा अन्तरक्रिया पनि गरे । महोत्सवमा दाङका विभिन्न बालक्लबहरुले सक्रिय सहभागिता जनाएका थिए । महोत्सवले बालबालिकालाई नेपाली चलचित्रसँग नजिक गर्ने विश्वास आफुले लिएको बोर्ड अध्यक्ष भुवन केसीले बताए ।