नेप्से सूचक १४.०५ विन्दुले घट्यो

काठमाडौ । सेयर बजारमा करेक्सन आउनेक्रम बुधबार पनि जारी रहेको छ । नेप्से सूचक १४.०५ विन्दुले घटेर २०५०.७८ विन्दुमा अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा करिब साढे ३ अर्बको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन समूहमा लागनीकर्ताको आकर्षण बढी देखिएको छ । 

नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा सामान्य प्रभावित भएको छ । ३ दिनदेखि बजार करेक्सनमै छ । ट्रेडरहरुले नाफा बुक गर्नतिर लाग्दा बजार सामान्य प्रभावित भएको अनुमान गरिएको छ । यसअघि बजार लगातार ९ दिनसम्म बढ्यो ।

यस दिन २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन डिष्टिलरी परेका छन् । 

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा एक नगरपालिका सहित तीन स्थानीय तहमा काँग्रेस र माओवादीबिच कडा प्रतिस्पर्धा