भीडभाड घटाउन रंगशालामा व्यवस्थित हाटबजार संचालन

सप्तरी, राजविराज । कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबार देखि राजरंगशालामा व्यवस्थित हाटबजार संचालनमा ल्याएको छ । यसअघि नगरको वडा ७ मा संचालन हुँदै आएको हाटबजारमा अत्याधिक भीडभाड हुने र अव्यवस्थित ढंगले खरिद विक्री हुने गरेको जनगुनासो पछि नगरपालिकाले शुक्रबार देखि सो हाटबजार बन्द गराउने निर्णय गरेको थियो ।

राजविराज नगरपालिका र स्थानिय प्रशासनले लकडाउनको अवधिमा विहान ६ बजे देखि ९ बजे सम्म सर्वसाधारणलाई उक्त हाटबजारबाट अत्यावश्यक खाद्यबस्तु र तरकारी किन्न व्यवस्था मिलाएको छ ।

भौतिक दुरी कायम गर्दै पसले र ग्राहक ग्राहक विच दुरी मिटरको फरकमा सेतो रंगले गोलघेरा बनाएको र पालैपालो खरिद विक्री गर्ने व्यवस्था सो हाटबजारमा मिलाइएपछि सर्वसाधारणले राहत महसुस गरेका छन् ।

यसले कोरोनाको संक्रमणको जोखिम कम गर्ने राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा