Sunday, May 9, 2021
Home प्रमुख भारतबाट फर्केकाहरू क्वारेन्टाइनमा नबस्दा गाउँमा त्रास

भारतबाट फर्केकाहरू क्वारेन्टाइनमा नबस्दा गाउँमा त्रास

क्वारेन्टाइनमा बस्नुस भन्दा उल्टै थर्काउछन्

,


दार्चुला । भारतवाट सयौं जना क्वारेन्टाइनमा नवसि गाउँमा घुमिरहेकाले ग्रामिण वस्तीमा त्रास बढेको छ । अहिले शहर बजार भन्दा पनि ग्रामीण वस्तीमा कोराना संक्रमणको त्रास बढेको हो ।

भारत लगायतका क्षेत्रबाट फर्किएकाहरु स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा नबसी घरमै बसेर गाउँघरमा घुमिरहँदा अहिले स्थानीय त्रासमा छन् । अघिपछि सुनासन जस्तै देखिने गाउँवस्तीहरु भारतवाट फर्केका युवाहरुको चहलपहल बढेको छ । दशै तिहारको जस्तै अहिले दार्चुलाका अधिकांश गाउँ भरिभराउँ भएका छन् ।

घर फर्केका हरु घरमा पनि क्वारेन्टाइनमा वसेका छैनन् । भारतवाट आएकाहरुले गाउँहरु भरिएका छन, उनीहरु घरमा नवसेर लाहुरेजस्तै मनलागेको ठाउँमा जाने बस्ने गरेका छन’ शैल्यखिर नगरपालिका ४ का वडाअध्यक्ष धनीदत्त भट्टले भने, भारतवाट फर्केकाहरुको गतिविधीले गाउँमा पुरै त्रास छ ।’ आफ्नो वडामा मात्र एक सय भन्दा बढी भित्रिएको उनले बताए ।
भारतका विभिन्न शहरमा काम गर्न गएकाहरु अहिले धमाधाम फर्किएपनि उनीहरुको स्वास्थ्य चेकजाँच समेत गरिएको छैन् । विद्यालय भवनमा बस्न नगरपालिकाले गरेको आग्रह पनि उनीहरुले नमान्दा गाउँमा संक्रमणको त्रास बढेको हो । उनीहरुलाई क्वारेन्टाइन बस भन्दा उल्टै हप्काउने र अटेर गरेको वडा अध्यक्ष भट्टको गुनासो छ ।

भारतका बिभिन्न राज्यमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएपछि चैतको शुरुवातदेखि भारतका बिभिन्न ठाउँमा मजदुरी गरिरहेका नेपाली घर फर्कन शुरु गरेका थिए ।

भारतमा होटल, कम्पनी, कलकारखाना, निर्माणका क्षेत्र बन्द भएपछि कोरोनाकोत्रासले नेपाल फर्कनेको संख्या ह्वात्तै बढेको हो । सुदूरपश्चिमका मुख्य दुई नाका धनगढीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाट हजारौंको संख्यामा नेपाली घर फर्किएका थिए । यस्तै दार्चुलाको लाली, जौलजीवि, दत्तु, खलंगा र तिगरम नाका भएर सयौं व्यक्ति घर फर्किएका छन् । शुक्रबार २२५ जना दार्चुला भित्रिएका छन् ।

यसअघि लकडाउन भएको दुई दिनमा १३७ जना तथा चैत पहिलोसातापछि साढे पाँच सय व्यक्ति आधिकारीक रुपमा नेपाल भित्रिएको तथ्याँंक छ । त्योबाहेक प्रहरीले इन्ट्री शुरु गर्नु अघि हजारौं व्यक्ति भारतबाट नेपाल भित्रिएका छन् ।
गाउँमा भारतबाट फर्किएकाहरुको भीडले खानेपानी भर्नै समस्या भएको बताउँछिन, रानिशिखरका स्थानीय बसन्ती ठगुन्ना । काडापारीको एउटै वस्तीमा मात्र दुई वटा खानेपानी धारा छन् । गाउँमा खानेपानी समस्या छ । बिहान बेलुकी पानी भर्न २०।३० जना भन्दा कम कहिल्यै हुँदैन्, उनले भनिन् । मेरै गाउँमा ४०।५० जना भर्खरै दिल्ली, पञ्जाव लगायतका शहरबाट फर्किएका व्यक्तिहरु छन् । गाउँ फर्किएकाहरु पनि निर्वाध रुपमा गाउँ घुम्ने गरेका छन् ।

सात किलोमिटर दुरीबाट ल्याइएको खानेपानी व्यवस्थापन हुन नसक्दा गाउँभरीको दुई वटा मात्रै खानेपानी धारा छन् । जसको कारण पानी भर्न बालबालिकादेखि बृद्धसम्म भीडभाड हुने गर्छ । यस्तै मल्लो काडापारीमा पनि यस्तै भीडभाड हुने गरेको छ ।

जिल्लाको सबैभन्दा बढि सर्वसाधारण नौगाडका आएका छन् । नौगाडमा पनि क्वारेन्टाइनमा नबसेर बाहिरबाट आएकाहरु घर घरमै बसेका छन् । सबैले आ आफ्नो सेल्फ क्वारेन्टाइनमा बस्छौ भनेपछि क्वारेन्टाइनमा राख्न जोड नगरिएको अध्यक्ष प्रेमसिह धामी बताउँछन् ।

विशेष गरी भारतबाटबाट आएकाहरु घरमै दुई हप्ता अलग बस्न आग्रह गर्दा पनि सर्वसाधारण रुष्ट हुन्छन् । आफ्नै ठूला ठूला घर छन् अलग्गै राख्छौ भनेर लग्ने गरेको स्थानीय बताउँछन् ।

जिल्लामा कति जना भित्रिए त्यसबारे स्थानीय तहले तथ्यांकसम्म राख्न सकेको छैन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि यतिबेला दार्चुलाका ९ वटै स्थानीय तहहरुले आफ्नो ठाउँमा क्वारेन्टाइन बनाएपनि प्रभावकारी बनेका छैनन् । जिल्लाका सबै जसो स्थानीय तहले विद्यालय क्याम्पस र व्यक्तिगत रुमामा निर्माण गरिएका खाली घरहरुमा बाहिरबाट आएकाहरुलाई बस्ने व्यवस्था गरेको छ तर करेन्टाइनमा बस्न भने मानेका छैनन् ।

जनस्वास्थ्य अधिकृत जयराज भट्ट पनि सकेसम्म सामुहिक क्वारेन्टाइन भन्दा पनि व्यक्तिगत क्वारेन्टाइनमा बस्नु प्रभावकारी हुने बताउँछन । भारतबाट आएकाहरुले स्वस्फुर्त रुपमामा होम क्वारेन्टाइनमा अलग्गै बस्नु उत्तम विकल्प हो, उनले भने, कम्तीमा १४ दिन परिवारभन्दा टाढा बस्दा परिवारमा पनि संक्रमण फैलिन पाउँदैन् ।

(Visited 190 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

साताका लोकप्रिय समाचार

पूर्वसैनिक स्वास्थ्यकर्मीलाई सेवामा तयार रहन निर्देशन

काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने’ भन्दै तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा...

राष्ट्रपतिद्वारा तेजाब र संवैधानिक परिषद्सहित सात अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

गुल्मीका स्थानिय तहले बनाए अक्सिजनसहित आइसोलेशन

गुल्मी । दोस्रो चरणको कोरोना नियन्त्रणमा गुल्मीका स्थानीय तहहरुले सक्रियता बढाएका छन् । हरेक स्थानीय तहले छुट्टाछुट्टै योजनाका साथ कोरोना नियन्त्रणमा लागेका हुन् ।...

४१ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार...

ट्रेन्डिङ

ललितपुरमा तीन हजार कोरोना संक्रमित

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार...

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको...

‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’

काठमाडौँ । “लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्,...

महामारी संक्रमणमा जनसहभागिता

कोरोना संक्रमणको दोस्रो लहर अनुमान गरेभन्दा बढी संक्रामक र खतरनाक देखिएको छ । यसको संक्रमण देशव्यापी रूपमा विकराल बन्दै गइरहेको छ । जनस्वास्थ्यविद् तथा...

ग्राउन्ड स्टाफ सेतेलाई सहयोग

काठमाडौं । क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सिप्यान)ले मिर्गाैला रोगबाट पीडित त्रिवि क्रिकेट मैदानमा कार्यरत ग्राउन्ड म्यान जयबहादुर तामाङ (सेते)लाई आर्थिक सहयोग हस्तान्तरण...

चमेलीया नदी किनारमा महिलाको शव फेला

बैतडी । बैतडीस्थित चमेलिया नदी किनारमा शुक्रबार बिहानै एक महिलाको शब फेला परेको छ । मृत फेला पर्नेमा दार्चुलाको शैल्य शिखर नगरपालिका ६ उलानीका...

ढिला लेखेको भन्दै २ कक्षामा पढेका विद्यार्थीलाई शिक्षकले कुटे

तुलसीपुर । पश्चिम दाङमा एक शिक्षकले २ कक्षामा पढ्ने बालकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बबई गाउँपालिका ३ स्थित एभरेष्ट एकेडेमी स्कुलका शिक्षक...

सिन्धुपाल्चोकको ‘कर्णाली’ मा पिच रोड

सिन्धुपाल्चोक । कालोपत्रे सडक त धेरै टाढा,धुले सडकसम्म देख्न नपाएका जुगलबासीले अबको केही वर्षपछि सफा र फराकिलो मात्रै होइन कालोपत्रे सडकमा यात्रा गर्न पाउँने...

गेष्टहाउसमा लगेर किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने बाजुरा घर भएका २१ वर्षीय विष्णुराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सोही...

एसइई परिक्षा गरिरहन जरुरी छैन : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् । संघिय संसदको छैटौ अधिवेशनको अवसरमा संसदमा बोल्दै डा. भट्टराईले हाम्रो स्कुलस्तरिय...

टोटनह्यामलाई क्रिस्टल प्यालेसको अवरोध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको टोटनह्याम हट्सपरलाई क्रिष्टल प्यालेसले रोकेको छ । गएराति सम्पन्न खेल १–१ गोलको बराबरीमा सकियो । क्रिष्टल...

१ हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण

बेइजिङ । चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शुक्रबार जानकारी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)