मनाङका युवा चरेशसहित लमजुङमा पक्रिए

लमजुङ । लमजुङमा मनाङका एक युवा चरेशसहित पक्राउ परेका छन् । हिमालपारीको जिल्ला मनाङको ङिस्याङ गाउपालिका– ७ बस्ने बर्ष ३० का राजु गोतामेलाई प्रहरीले चरेशसहित पक्राउ गरेको हो ।

उनलाई लागू औषध (चरेश) सहित लमजुङको बेसीशहर नगरपालिका– ८ शेरा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मनाङबाट लमजुङतर्फ लागू औषध चरेश ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा असार १० गते साँझको समयमा गोतामेलाई प्रहरीले फेलापारेको हो ।

जिल्ला लमजुङ बेसीशहर नगरपालिका– ८ शेरा बजारमा शंस्कापद अवस्थामा हिडेका उनको शरीरमा खानतलासी गर्दा उनको साथबाट ३२ टुक्रा (पिस) ८७.०७ ग्राम लागू औषध (चरेश) फेलापारी सो बरामद गरी निज गोतामेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

उनका अनुसार पक्राउमा परेका राजु गोतामेलाई जिल्ला अदालत लमजुङबाट लागू औषधसम्बन्धी कसूरमा असार ११ गते दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई