ज्ञानमालाको भजनसँग्रह बन्दना बिमोचित

काठमाडौं । स्वयम्भुनाथमा रहेको ज्ञानमाला भजन खलः ले भजन सँग्रह ‘बन्दना’ श्रोतामाझ ल्याएको छ । काठमाडौंमा एक समारोहबीच यो भजन सँग्रहको अग्रज हास्य कलाकार मनदकृष्ण श्रेष्ठले बिमोचन गरेका छन् । सँग्रहमा ६ वटा भजन छन् । यि सबै भजनमा संगीतकार जुगल डँगोलले संगीत दिएका छन् । जसमा संगीता प्रधान रानाको स्वरमा बन्दना बन्दना, रामकृष्ण ढकालको स्वरमा हिँसा अशान्ति…, शिव परियारको स्वरमा आँखा खोली…, केन्जुमा सुब्बाको स्वरमा माया मोहको…, रचना रिमालको स्वरमा उपदेश बुद्धको र जुजुकाजी रँजित, सतिस महर्जन, रत्नशोभा महर्जन, दीपा महर्जनको स्वरमा बुद्धको शरणमा जाउँ…भजनहरु संग्रहित छन् ।

यी भजनहरुलाई पूर्णकाजी ज्यापु र तीर्थ नारायण महर्जनले लेखेका हुन् । सँग्रहको दुई वटा भजन बन्दना…र बुद्धको शरणमा जाउँ…को म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

काठमाडौंको स्वयम्भुमा हरेक विहान ४ बजेबाट ७ बजेसम्म भजन कृतन हुने गरेको छ । ज्ञानमाला भजन खल ः स्वयम्भुले बिगत ८६ वर्षदेखि हरेक दिन भजन किर्तन गर्दै आएको छ । देशभर ज्ञानमाला भजनको ८१ वटा शाखा पनि भईसकेको छ ।

यस अघि नेपाल भाषामा मात्र भजनकिर्तन गर्दै आएको ज्ञानमालाले गत वर्षबाट नेपालीमा पनि भजनकिर्तन गर्न थालेको छ । यसै क्रममा यो नेपाली भाषाको भजन सँग्रह बजारमा ल्याएको संगीतकार जुगल डँगोलले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित,कसकाे कति (सूचीसहित)