कोरोना संक्रमित हलिउड कलाकार घर फर्किए

लस एन्जलस् । हलिउडका विश्व प्रख्यात अभिनेता टम ह्यांक्स र उनकी पति एवम् अभिनेत्री रिटा विल्सन स्वास्थ्य भएका छन् । दुई साता लामो अस्पतालको उपचारपछि आफुहरु घर फर्किएको यी दम्पत्तिले बताएका छन् ।

अभिनेता टमले आफुहरुको उपचारमा रात दिन खटेका अष्ट्रेलियाको गोल्ट कास्ट अस्पतालका चिकित्सक र नर्सलाई धन्यबाद ज्ञापन गरेका छन् । चार्टर प्लेनमार्फत अष्ट्रेलियाबाट अमेरिका फर्कँदै गर्दा उनले धन्यबाद ज्ञापन गरेका हुन् ।

दुई साताको सफल उपचारपछि यी जोडी यतीबेला अष्ट्रेलियाबाट लस एन्जलस् स्थित आफ्नो घर पुगेका छन् । घर पुग्नसाथ शनिबार यी अभिनेताले कोरोनाबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका हुन् ।

अष्ट्रेलियामा फिल्म सुटिङको क्रममा यी दम्पत्ति बिरामी परेका थिए । उनीहरुलाई ज्वरो आएपछि स्वाव परीक्षणको क्रममा कोरोना भाईरस सँक्रमण देखिएको थियो । दुई साताको उपचार पछि यी दम्पत्ति यतीबेला घर फर्र्र्र्किएका छन् । अब आफुहरु केही समय घरमै आराम गर्ने अभिनेता टम ह्यांक्सले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कलैयामा मनोनयन प्रक्रिया सुरू