भौगर्भिक सर्भे जरुरी

देशमा विकास निर्माणका काम मात्र ‘फिजिविलिटी’लाई ध्यानमा राखेर गरिँदा देशभरका सडकलगायतका पूर्वाधारका काम दिगो र भरपर्दो बन्न सकिरहेका छैनन् । वर्षौं चलेका सडकमा पनि कल्पना नगरिएका स्थानमा पहिरो खस्ने र भासिने क्रम बढ्दै गएको छ । जुगेडी नजिक खसेको पहिरोले लामो समयसम्म यात्रुलाई सास्ती दिएपछि बाटोको सर्भे गर्दा मात्र ‘फिजिविलिटी’लाई आधार बनाउनु कमजोरी हुने सम्बन्धित सबैलाई बोध हुन गएको छ । हाल दुईतर्फी सवारी चले पनि पानीको मात्रा बढेमा यसै भन्न सकिने अवस्था छैन ।

मनसुन सुरु भएको केही दिनमै यो सडक पहिरोका कारण घण्टौं बन्द हुन पुगेपछि सिंगो देशको जनजीवन अस्तव्यस्त हुँदै जान थालेको छ । रात्री तथा दिवा यात्राका क्रममा पहिरोमा पुरिएर मरिने त्रास त छँदै छ । त्यसमा पनि अति जरुरी कामकाज समयमै गर्न नपाएर देशभरका मानिसमा विचल्ली र प्रताडना पनि थपिइरहेको छ । अहिले पनि काठमाडौं राजधानी सहर मात्र नभएर सिंगो देशकै लागि सेवाप्रवाह हुने केन्द्रका रूपमा रहिआएको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सेवा यहीबाटै प्रवाह भइरहँदा जोकसैका लागि पनि काठमाडौं एक अनिवार्य ‘जक्सन’ बनिरहेको छ । यसको आगामी केही वर्षका लागि विकल्प पनि देखिँदैन । तर, यही अति जरूरी केन्द्र प्रवेशका लागि निर्माण गरिएका सडक लगायतका पूर्वाधार विकास कार्यमा भौगर्भिक सर्भे हुन नसक्दा यात्रा जोखिमपूर्ण हुनुका साथै पूर्वाधार विकास पनि एकपछि अर्को संकटमा परिरहेका छन् । काठमाडौं प्रवेशका लागि एकमात्र द्वारका रूपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्डमा इन्जिनियरिङ सर्भेमा जहाँ सम्भावित खतरा आँकलन गरिएको थियो, त्योभन्दा फरक स्थानमा पहिरो जानथालेका छन् । सडक भासिनेक्रम पनि यसरी नै हुन थालेका छन् ।

इन्जिनियरिङ सर्भेमा जुगेडी सापेक्ष सुरक्षित स्थानमा पनि त्यो आँकलन अहिले सही ठहर हुन सकेन । यसको कमजारी भनेको ती स्थानमा भौगर्भिक सर्भेको अभाव रहनु हो । भौगर्भिक सर्भे ठीक किसिमले नगरिँदासम्म सडक लगायतका पूर्वाधार निर्माण कार्य काँचो र भरपर्दो नरहेको पाइन्छ । अहिले मनसुन हाबी भइसकेको छैन । मनसुन हाबी भएपछि यी सडकको हालत के हुने हो मात्र अनुमानको कुरा हुन पुगेको छ । त्यसो त पटक पटकको भूकम्प र त्यसको पराकम्पनले विश्वको कान्छो भूगोल मानिएको हिमालीक्षेत्र चिरिने र भासिने क्रममा छ ।

भौगर्भिक सर्भे अभावका कारण हाल झेल्नु परिरहेको यो समस्याले अहिलेको गतिवान बन्न खोजिरहेको नेपाली जनजीवन निकै प्रभावित हुँदै गइरहेको छ । यो वर्षको मनसुन सुरु हुँदाकै बखत नारायणगढ–मुग्लिङ सडक खण्ड ठाउँ ठाउँमा भासिने र पहिरो आउने हुन थालिसकेको छ । पहिरोका कारण वैदेशिक रोजगारमा जाने युवा, पढ्ने विद्यार्थी, उपचारका लागि राजधानी पस्ने बिरामी तथा उद्योगधन्दा, कलकारखाना र काठमाडौंभित्रका जनसंख्याले निकै आहत भोग्नु परिरहेको छ ।

यो आहत सधैं पाइरहेको आहत हो । यसबाट छुटकारा पाउन भन्दै विश्व बैंक, जाइकालगायतका संस्थाले कारण र परिणाम’bout अध्ययन गर्दै आएका पनि छन् । तर, जोखिम एकातिर औंल्याइएको हुन्छ, पहिरोले अर्कैतिर खस्ने गरिरहेको छ । दैनिक दसौं हजारभन्दा बढी सवारी साधन गुड्ने ३६ किलोमिटर लामो रहेको नारायणगढ–मुग्लिङ सडक खण्डमा दिगो सडक संकट व्यवस्थापनका लागि आवश्यक भौगर्भिक सर्वे अहिले पनि जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन र एमालेले इटहरी–धरानमा ग-यो उमेद्वारी दर्ता