बेल गल्फमा व्यस्त

कार्डिफ । कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले विश्व खेलकुद ठप्प छ । पछिल्लो २० दिनयता खेलकुदका कुनै पनि गतिविधि हुन सकेको छैन । खेलाडीहरू सेल्फ क्वारेन्टाइनमा व्यस्त छन् । आफैंलाई फिट राख्न उनीहरूले आफ्नो सेल्फ प्रशिक्षणलाई व्यस्त राखेका छन् ।

यसै क्रममा वेल्स तथा स्पेनिस क्लब रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले पनि आफ्नो फिटनेसलाई ध्यानमा राख्दै गल्फ कोर्समा बिताएका छन् । उनले त्यहाँ एक उत्कृष्ट ट्रिक सट प्रहार गरेको थियो । गल्फ खेलेकै कारण बेलले स्पेन र रियलमा चर्काे आलोचना खेपेको थियो । रियलका समर्थकहरूले बेलमा बर्नबेउभन्दा पनि गल्फमा रुचि रहेको आरोप लगाएका थिए । कोरोनाकै कारण फुटबल गतिविधि ठप्प हँुदा बेल अहिले पनि गल्फमै व्यस्त भएका हुन् ।

बेलले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो पोस्ट गरेका छन् । त्यहाँ उनले एक हात माथि उठाउँदै क्यामेरा फेस गर्दै खुसियाली मनाइरहेको छ । इंग्लिस क्लब टोटेनहम हस्टपरका पूर्व खेलाडी बेलले गतवर्ष इन्टरनेसनल ड्युटीका क्रममा ‘वेल्स, गल्फ, म्याड्रिड इन द्याट अर्डर’ भन्ने ब्यानर प्रदर्शन गर्दा उनको विरोध भएको थियो । बेलले यो सिजन रियलमा राम्रो समय बिताउन सकेको छैन । विशेषगरी बेल र प्रशिक्षक जिनेदिन जिदानबीच सम्बन्ध राम्रो हुन सकेको छैन । त्यसैले पनि बेलले यो सिजन कमै मात्रामा अवसर पाएका छन् । कोरोनाले खेल रोकिनुअघिको दुई खेलमा वेन्चमै सीमित बनेका थिए ।

त्यसैले बेलले यो सिजन रियल छोड्न सक्नेछन् । रियलले पनि बेललाई अर्काे सिजन नराख्ने बताइसकेको छ । ३० वर्षीय बेलले यो सिजन २७ खेल सकिँदा ११ खेलमा मात्रै पहिलो रोजाइमा मौका पाएका छन् । उनले २ गोल मात्रै गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?