दि कार्लाभी भारी फिल्म फेस्टिबलमा चलचित्र गुराँस

काठमाडौँ । चेक रिपब्लिकमा दि कार्लाभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल सुरु भएको छ । यो महोत्सबमा नेपाली चलचित्र गुराँस छानिएको छ । सो फस्टिबलमा सहभागी हुन यो चलचित्रकी अभिनेत्री मेनुका प्रधान त्यसतर्फ प्रस्थान गरेकी छिन् । उनी अभीनित गुराँसको त्यहाँ बुधबार वल्र्ड प्रिमियर हुने भएको छ ।

मेनुकाको यो अन्तर्राष्ट्रिय फेस्टिबलमा सहभागिता’bout भनिन्, ‘मेरो त यो इन्टरनेसनल फेस्टिभलमा पहिलो अनुभव हो । त्यसैले स्वभाविक रुपमा खुसी लाग्ने नै भयो । अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु,’ आफु यो फिल्ममा गुराँसको आमाको भूमिकामा रहेको पनि उनले बताईन् । आफु त्यशहाँबाट ११ दिनपछि नेपाल फर्कने पनि उनले बताएकी छिन् ।

यो चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन् । फेस्टिभलमा निर्देशक राई पनि सहभागी हुनेछन् । गुराँसलाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् । तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेको यो फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय छ ।

निर्माता रामकृष्ण पोखरेलले दि कार्लाेभी भारी युरोपको प्रतिष्ठित फेस्टिभल मानिने र त्यसमा नेपालको प्रतिनिधित्व हुने कुराले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेद्वार हमाल १२ हजार भन्दा बढी मत अन्तरले बिजयी