काठमाडौं । छायाँछबि डि सिने अवार्डको १३ औं र १४ औं संस्करणमा काठमाडौंमा सोमबार बेलुका एकसाथ सम्पन्न भएको छ । कोरोनाको कारण गत वर्ष यो १३ औं संस्करण हुन नसकेको र यसपटक दुबै सँस्करण सँगै गरेको अवार्ड अध्यक्ष शान्तिप्रियले जनाएका छन् ।
अवार्ड समारोहमा कलाकारद्वय अर्जुन श्रेष्ठ र दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान र चलचित्र पत्रकार कुबेर गिरीलाई छायाँबछी चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
समारोहमा १३ औं संस्करण अन्र्तगत वर्ष २०७७ मा प्रदर्शनमा आएका सातवटा चलचित्रबाट बिभिन्न पाँच बिधामा अवार्ड प्रदान गरिएको थियो । सो वर्ष कोरोनाका कारण ७ वटा मात्र नेपाली चलचित्र प्रदर्शन भएका थिए । जसमा बेस्ट फिल्मको अवार्ड चलचित्र श्रीबाट सूर्य बाहोराले, अभिनेताको अवार्ड हिरो रिटन्स्बाट सविन श्रेष्ठले प्राप्न गरे । यस्तै अभिनेत्रीको अवार्ड लक्ष्मी पुजाबाट जाहन्वी बस्नेतले, नृत्य निर्देशकको अवार्ड चलचित्र गुड फ्रेण्डबाट अजय स्याङताङले, र सह अभिनेताको अवार्ड हिरो रिटन्र्सबाट रोशन श्रेष्ठले हाँसिल गरे ।
यस्तै चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अन्र्तगत १३ बिद्यामा अवार्ड प्रदान गरिएको छ । जसमा म यस्तो गीत गाउँछुले उत्कृष्ट चलचित्र सहित ६ वटा बिधामा अवार्ड पायो । यही चलचित्रबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, पल शाहले अभिनेता, पुजा शर्माले अभिनेत्री, बनिष शाह र मिलन श्रेष्ठले सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड पाए ।
चलचित्र चिसो एष्ट्रेबाट दीन्स पाल्पालीले लेखक अवार्ड, चलचित्र हेल्लो जीन्दगीबाट सम्राट बस्नेतले द्वन्द्व निर्देशक, चलचित्र हेल्लो जीन्दगीबाटै राजराज शिवाकोटीले उत्कृष्ट गायक र निर्देशक सुर्य बोहराले जुरी अवार्ड प्राप्त गरेका छन् । चलचित्र आकाशे खेतीबाट रामजी लामिछानेले नृत्य निर्देशकको अवार्ड र चलचित्र लप्पन छप्पन २ बाट पुरुषोत्तम प्रधानले छायाँकारको अवार्ड हाँसिल गरे । निर्देशकहरु मोहन निरौला, राजेन्द्र उप्रेति, अभिनेत्री सोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निर्णायक टिमले सम्बिन्धत सिनेमा हेरेर अवार्ड बिजेताहरु चयन गरेका हुन् ।