Saturday, December 5, 2020
Home Not-to-be-missed सिन्धुपाल्चोकको तिन क्षेत्रमा ‘आइसोलेसन वार्ड’ स्थापना गरिने

सिन्धुपाल्चोकको तिन क्षेत्रमा ‘आइसोलेसन वार्ड’ स्थापना गरिने

६० लाखको क्षेत्रीय कोष, सबै स्थानीय सरकारको ५ लाख सहयोग

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९) का संक्रमीत विरामीहरुलाई राख्नका लागि सिन्धुपाल्चोकमा क्षेत्रीय स्तरमा सुविधा सम्पन्न ‘आइसोलेसन वार्ड’ स्थापना गरिने भएको छ । वार्ड स्थापनाकालागि जिल्लाका १२ स्थानीय सरकारले पाँच लाख रुपियाँका दरले सहयोग गर्ने भएका छन् ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा भएको स्थानीय सरकारका प्रमुख, जिल्लाका प्रमुख क्रियाशिल राजनीतिक दल, सुरक्षा निकायका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि बिच भएको बैठकले आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय भएको हो ।

बाह्रविसे, चौतारा र मेलम्चीमा स्थापनाहुने यस्ता आइसोलेसन वार्डमा कोरोना आशंका भएका बिरामीहरुलाई राख्ने तयारी भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपालतामाङले जानकारी दिए ।

जिल्लाका तिनै क्षेत्रमा सुविधा सम्पन्न ‘आइसोलेसन वार्ड’ निर्माण हुदैछ, यसका लागि १२ स्थानीय सरकारले अहिले पाँच÷पाँचलाख सहयोग गर्नुहुन्छ तामाङले भने रकम अभाव भयो भने बाग्मती प्रदेश सरकारसँग पनि अनुरोध गर्छौ । आइसोलेसन वार्डका निर्माणका लागि क्षेत्रीय कोष स्थापना गरिने र त्यसमा स्थानीय सरकारले रकमजम्मा गरेपछि कार्यविधि बनाएर खर्च गरिने प्रमुख तामाङले जानकारी दिए ।

बैठकले बजेट परिचालन सम्वन्धी कार्यविधि र अन्य सबै समन्वय गर्ने जिम्मेवारी जिसस प्रमुख तामाङलाई नै दिएको बैठकमा सहभागी बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । बैठकले क्षेत्रीय आइसोलेनको सेवा क्षेत्र र स्थापना तथा सञ्चालनको नेतृत्वसमेत तोकेको छ ।

तिनै क्षेत्रमा स्थापना गरिने आइसोलेसन सेवा अन्र्तगत बाह्रविसेमा बाह्रविसे नगरपालिका सहित सुनकोशी, भोटेकोशी, लिसंखुपाखर र त्रिपुरासन्दरी गाउँपालिकाका स्थानीयले सेवा लिनेछन् । यसको सबै जिम्मेवारी बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पाएका छन् । त्यस्तै सदरमुकाम चौतारामा बन्ने आइसोलसनको नेतृत्व नगरका प्रमुख अमानसिं तामाङलाई दिइएको छ भने सेवा क्षेत्रमा चौतारा नगर सहित जुगल र बलेफी गाउँपालिका समेटिएको छ।

यो पनि पढ्नुहोस   प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

मेलम्चीमा स्थापना गरिने आइसोलेसनको सेवा क्षेत्र मेलम्ची नगरपालिका सहित हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका तोकिएको छ। यसको जिम्मेवारी मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले पाएका छन् ।

कोरोना पछि सरकारले गरेको लक डाउनको समयमा केही संघ संस्था र राजनीतिकदलहरुले आफुखुसी राहात लगायत अन्य स्वास्थ्य सामग्रीहरु वितरण गरेकाले त्यसलाई रोक्ने र एकद्धार प्रणालीबाट मात्रै वितरण गर्ने बैठकले निर्णय गरेको बैठकमा सहभागी नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वा राहात वितरण गर्दा स्थानीय तहमा गठन भएको विपद व्यवस्थापन समिति वा जिल्ला विपद व्यवस्थापन समितिमा मात्रै बुझाएर वितरण गर्न बैठकले निर्देशन दिएको छ । राहात वा स्वास्थ्य सामग्री वितरणका नाममा विभिन्न क्षेत्रमा भिडभाड गरेर लक डाउनको उल्लघन भएको भन्दै त्यसलाई रोक्न कडा कदमचालिने पनि बैठकले निर्णय गरेको बैठकमा सहभागी लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।


कोरोना संक्रमणका विरामीहरु भेटिएमा उनीहरुलाई एम्बुलेन्स मार्फत स्वास्थ्य संस्थामा लैजानकालागि सबै एम्बुलेन्स तयारी हालतमा राखिएको र एम्बुलेन्समाचालक र बिरामी बस्ने स्थानालई पार्टेसन गर्ने कामको सुरुवात समेत भएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।

(Visited 437 times, 1 visits today)
Loading comments...

आजको समाचार

शुरु भो पर्वतीय उडान

काठमाडौँ । बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

साताका लोकप्रिय समाचार

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला...

छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको...

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

वीरका कर्मचारी आन्दोलनमा

काठमाडौं । वीर अस्पताल प्रशासनले तलबलगायत सेवा सुविधा नदिएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू ४२ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर...

वरिष्ठ उपाध्यक्षमा विजयी ढकालको जीवन संघर्षको कथा

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्रप्रसाद ढकालले जीवनमा निकै संघर्ष गर्नुप¥यो । बाग्लुङको बलेवा अमलाचौरमा...

ट्रेन्डिङ

मोटरसाइकलको ठक्करले घाइते भएकी राधा पैसा तिर्न नसक्दा अस्पतालमै बन्दक

सर्लाही । सर्लाहीको मल‌ंगवा नगरपालिका स्थित गम्हरियाकी राधादेवी अस्पतालमा बन्दक बनेकी छिन् । मोटरसाइकलको ठक्कर बाट घाईते भएकी राधा देवी उपचार खर्च तिर्न नसक्दा...

गरिबी साढे १६ प्रतिशत, प्रतिव्यक्ति आय १०८५

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६.६ प्रतिशतमा झरेको छ भने प्रतिव्यक्ति आय १ हजार ८५ डलर पुगेको छ ।...

जोन र उर्मिलाको रोमान्स

काठमाडौं । गायक थिरज राईले एकपछि अर्को म्युजिक भिडियो दर्शक-श्रोतामाझ ल्याउन थालेका छन् । उनको स्वर रहेको ‘दासी बनेर जिउने’ बोल गीतको भिडियो टीएनएसपीएम...

नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न एकजना पक्राउ

जनकपुरधाम । धनुषामा नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने गिरोह सक्रिय भएको रहस्य खुलेको छ । सो गिरोहले मोटरसाइकल लाइसेन्स बनाउन...

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जनामा कोरोना संक्रमण

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सेफ क्वारेन्टाईनमा बसेका ६ जनामा संक्रमण...

सनिया सेमिफाइनलमा

काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी सनिया चन्द दुबईमा सुरु बिच फेस्टिबलअन्तर्गतको एयर ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको सेमिफाइनलमा प्रवेश गरेकी छन् । महेन्द्रनगरकी यु–१५ महिला...

कोभिड–१९ को प्रभाव र समाधानको वैज्ञानिक उपाय खोजी गरिने

काठमाडौँ । विश्वव्यापीरुपमा महामारी फैलिएको कोभिड–१९ ले पारेको प्रभाव र यसको समाधानको वैज्ञानिक उपाय खोजीका लागि आगामी जेठ १७ र १८ गते ‘नासा स्पेस...

अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् । विगत...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

धेरै पढिएका

इलाममा चिया परीक्षण तथा प्रबद्र्धन केन्द्रको शिलन्यास

इलाम । इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रबद्र्धन केन्द्र निर्माणको लागि शिलान्यास भएको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश...

थप १३४३ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । थप एक हजार ३४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार...

इलाममा ११ करोडमा बहुतले पार्किङसहितको सिनेमा हल बन्दै

इलाम । इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हलसहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख...

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   सीमा विवाद सुल्झाउन भारत सकारात्मक

कोमल ओलीले गरिन् दुई गाउँलाई जोड्ने पुलको शिलान्यास

(Visited 90 times, 1 visits today)