कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

काठमाडौँ । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् ।

माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने