बारा । बारामा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय जनता दल नेपाल पार्टीको घोषणा गरिएको छ । कलैया स्थित दास गेष्ट हाउसमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय जनता दल नेपाल पार्टीको घोषणा गरिएको हो ।
राष्ट्रिय जनता दल नेपाल पार्टीको केन्द्रीय अध्यक्ष आनन्द शर्माले आईतवार विधिवत रूपमा प्रक्रिया बढने पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । हरियो रङ्गको माथि बीचमा लालटेनको छाप रहेको झण्डा रहने उनले जानकारी गराए । पार्टीको चुनाव चिन्ह लालटेन छाप राख्ने निर्माण गरेको समेत केन्द्रीय अध्यक्ष शर्माले जनाएका छन् ।
पार्टीको अन्य पदाधिकरी ’bout बृहत छलफल भईरहेको तथा चाडै पत्रकार सम्मेलन गरि जानकारी गराइने उनले बताए । पार्टीको केन्द्रीय कार्यालय कलैयामा रहने केन्द्रीय अध्यक्षले बताए ।
एक दशक भन्दा बढि समयदेखि संचार क्षेत्रमा लागेका शर्मा समाजको रक्षक भई सेवा गर्ने अभिप्रायले राजनीतिमा लागेको बताए ।
राष्ट्रिय जनता दल नेपालले मात्र राजनीतिलाई जनसेवी बनाउदै समावेशी विकासको बाटो खोल्नेमा आफु विश्वस्त रहेको बताए । नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रलाई सही गति दिन आफु तयार रहेको बताए ।
नया विचार, नया कार्यदिशा, नया संगठन, नया नेतृत्व, नया कार्यशैलीले आफु अलिकता पनि विच्चलित नभएको बताए । राष्ट्रिय जनता दल नेपालले नया युगको नया कार्यभार सम्हालने शर्माले ठोकुवा गरे ।
देशका अधिकांश पार्टी लोकतान्त्रिक नरहेको बताए । देखावटी रूपमा लोकतान्त्रिकको नाटक गरेको समेत आरोप लगाए । पार्टीमा सिमित नेताको हालीमुहाली रहेकोले उनीहरू नै लामो समय नेतृत्व कब्जा गर्दै आएको बताए ।
विस २००७, २०४६ देखि २०६३ सम्मका क्रान्तिको वाहक शक्तिको नेतृत्वमा बिस्तारै आफ्नो स्वयमसेवी चरित्रलाई बिर्सेन राजनीति निजि स्वार्थ र पारिवारीक स्वार्थ पुरा गर्ने साधन हो भन्ने बुझाई हाबी भएकोले नै देशको यस्तो दुर्दशा भएको उनले बताए ।
आफु जिवित रहुन्जेल देश र जनताको सेवामा निरन्तर लागि रहने केन्द्रीय अध्यक्ष शर्माले प्रतिबद्धता गरेका छन् । भविष्यमा यसको रुप के होला भन्न सकिँदैन । देश र समाजको आवश्यकता अनुसार देशको विभिन्न जिल्लाहरूमा छलफल, अन्तरक्रिया भेटघाट जारी रहेको बताए ।