मकवानपुरमा ट्रक एक आपसमा ठोक्किदाँ ३ को मृत्यु, ट्रक जलेर ध्वस्त

हेटौडा । मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मनहरीमा ना ६ ख ६६६७  र ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किदा तीनजनाको मृत्यु भएको हो । सो ट्रक एक आपसमा ठोक्किदा ट्रक भने जलेर ध्वस्त भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो दुर्घटनामा परी चितवन राप्ति नगरपालिका– ८ का रिहान रुम्बा, सोही गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ र मनहरी गाउँपालिका ३ का अमृत प्रजाको मृत्यु भएको छ । अन्य दुई जना गम्भिर घाइते भएका छन् । उनीहरूकाे उपचार भइरहेकाे छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका– ६ नयाँ बस्तीमा ती दुईवटा ट्रक एक आपासमा ठोक्किए लगत्तै आगलागी सुरु भएको प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार एउटा नारायणगढतर्फ र अर्को हेटौडातर्फ गईरहेको बेला मध्यरातमा ती दुई ट्रक एक आपसमा ठोक्किन पुगेका हुन् ।  

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित