वैशाख ३ सम्म हवाई उडान रोकिने

कोरोना भाइरसको सन्त्रासपछि सरकारले अन्तर्राष्ट्रिय विमानमा रोक लगाएपछि सुनसान देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिर : सत्यन श्रेष्ठ

काठमाडौ । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ ।

कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।

सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पूर्ववतृ निर्णयअनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने “कोरोना सङ्क्रणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको छ ।”

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब !