रामोस र पिकेको सहयोग

मड्रिड । कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले विश्व नै आक्रान्त छ । यसबाट विश्वको खेलकुद गतिविधि नै ठप्प छ । खेलाडीहरू सेल्फ क्वारेन्टाइनमा छन् । आफ्नो देशमा कोरोनाले प्रभाव पारिरहँदा खेलाडीहरूको मन थामिएको छैन ।

उनीहरूले आफूले सक्ने जति सहयोग गरिरहेका छन् । अर्जेन्टिना तथा बार्सिलोनाका लियोनेल मेस्सी, पोर्चुगल तथा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे र डेभिड हे गेयालगायत अन्य खेलाडीहरूले आफ्नो स्थानका लागि आफूले सक्ने सहयोग गरिसकेका छन् । स्पेनका स्टार खेलाडीहरू सर्जियो रामोस, जेरार्ड पिके र सेन्टी कार्जाेलाको नाम पनि सहयोग प्रदान गर्नेको सूचीमा जोडिएको छ ।

स्पेन तथा रियल म्याड्रिडका कप्तान रामोस, बार्सिलोनाका जेरार्ड पिके र भिल्लारियलका सान्टी कार्जाेलाले शनिबार आयोजना भएको ला लिगा सान्तडर फेस्टमार्फत सहयोग रकम जुटाएका हुन् । कोभिड–१९ विरुद्ध संगीत र फुटबल भन्ने नारा दिइएको यस कार्यक्रमले स्पेनका केही लोकप्रिय कलाकार र फुटबल स्टारहरूको संयोजन गरेको थियो । जसबाट ५ सय ७० मिलियन पाउन्ड रकम संकलन भएको दाबी गरिएको छ । यसबाट संकलित रकम मेडिकल सामग्री खरिदका लागि प्रयोगमा आउनेछ । रामोस, पिके र कार्जाेला भिडियो कन्फरेन्समार्फत सांगीतिक कार्यक्रममा जोडिएर सहयोगको घोषणा गरेका हुन् ।

उनीहरूसँग स्पेनका पूर्वअन्तर्राष्ट्रिय खेलाडी फर्नान्डो मोरिएन्टेज, रियल सोसिडाडका एसियर इललारामेन्डी र रियल म्याड्रिडका लुकास भास्क्वेज पनि जोडिएका थिए । स्पेन कोरोनाबाट प्रभावित युरोपको दोस्रो राष्ट्र हो । स्पेनमा संक्रमणको संख्या ७३ हजार नाघिसकेको छ । ५ हजार ९ सय बढीले ज्यान गुमाइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीकाे लम्कीचुहाकाे मेयरमा कांग्रेसका दुई जनालाई टिकट दिएपछि विवाद