नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको २० औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय किर्तिमान राखेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताएका छन् ।
आज भएको २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् । यस अघि नासिरको नाममा १ मिनट ५८.२३ सेकेन्डको राष्ट्रिय किर्तिमान रहेको थियो । नासिरले उक्त किर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।
नासिरले हिजो भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।
भर्खरै प्राप्त सुचना अनुसार महिला तर्फको खेलमा दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले पनि उपलब्धी हासिल गरिन । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ६.८० सेकेन्ड समयमा दुरी पुरा गरिन् । अध्यक्ष अशोक बज्राचार्यका अनुसार गौरिकाको यस अघिको समय १ मिनट ७.३१ सेकेन्ड समयको रेकर्ड रहेको थियो । उनले उक्त रेकर्ड गोहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेकी थिईन् ।
भोली ९ गते डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् ।
बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वल्र्ड एक्वाटिक्सको नामाकरण गरेको छ ।
नासिरद्वारा नयाँ किर्तिमान
- राजधानी समाचारदाता
- २०८० श्रावण ८ गते १८:१०
- २०८० श्रावण ८ गते १८:१०


Ads Space Available
साताका लोकप्रिय समाचार

यो महिनको ट्रेन्डिङ समाचार

अन्य समाचार पनि पढ्नुहोस्
कुरी-कुरी

आजको १० समाचार
- मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको…
- गभर्नर नियुक्ति विवादका कारण गठबन्धन धरापमा
- इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा
- सीईओको भन्दा कम तलब रहेको गभर्नरमा आकर्षण किन ?
- बडेमान भवनको छैटौं तल्लामा कसरी लाग्यो आगो ?
- ऐश्वर्या राय बच्चनको कार दुर्घटना
- आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन
- युएसएडको डलर खाएको आरोपमा हरिवंश बोले
- पोखरामा खुल्यो ५० करोड लगानीमा एभरग्रिन एकेडेमी
- रोगी पशु किनबेच गर्ने जेल चलान